जापानमा हगिबिस समुद्री आँधीका क्रममा बाढीमा डुबेका १० वटा बुलेट रेल प्रयोगमा नल्याइने



गत महिना जापानमा समुद्री आँधी हगिबिस आउँदा बाढीमा आंशिक रूपमा डुबेका १० वटा बुलेट रेललाई सेवाबाट हटाइने भएको छ।

तीव्र गतिमा कुद्ने ती रेलका केही भाग अझै प्रयोगयोग्य छन्। तर ती रेललाई प्रयोगबाट हटाउँदा ११ करोडदेखि १३.५ करोड अमेरिकी डलरसम्म क्षति हुन सक्ने जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्। नगानो नगरको स्टेशनमा पार्क गरेर राखिएका होकुरिकु-शिन्कान्सेन मार्गमा सञ्चालन हुने ती रेलमा हगिबिस आँधीको प्रभाव परेको थियो।

अक्टोबर १२ र १३ मा आएको उक्त आँधीले जापानमा धनजनको ठूलो क्षति भयो। झन्डै ९० जनाको ज्यान गयो भने हजारौँ मानिस विस्थापित भए।

पानीको भेलमा डुबेका रेलका तस्बिरले आँधीको प्रभावलाई चित्रण गरेका थिए। अब प्रयोगमा नल्याइने ती सबै रेलमा १२-१२ वटा डिब्बा थिए। होकुरिकु-शिन्कान्सेन मार्गमा चल्ने रेलले राजधानी टोक्यो र जापानको पश्चिमी तटको कानाजावालाई जोड्थे।

इस्ट जापान रेल्वे कम्पनीका अध्यक्ष युजी फुकासावाले बुधवार एउटा पत्रकार सम्मेलमा बाढीले रेलका मोटर र ब्रेकिङ प्रणाली लगायतका मुख्य भागमा असर पारेको बताएका छन्।

उनले भने, “स्थिरता र सुरक्षाका हिसाबले रेललाई फेर्नु नै ठिक लाग्यो।”उक्त कम्पनीको स्वामित्वमा आठवटा रेल छन्। वेस्ट जापान रेल्वे कम्पनीका दुईवटा रेललाई पनि सेवाबाट हटाइन लागेको छ।

बाढीबाट प्रभावित हुनुभन्दा अघि ती रेलले मार्गको एकतिहाइ भागको यात्रा तय गरिसकेका थिए।”हामी उक्त मार्गमा मार्च महिनाभित्र पूरै सेवा सुरु गर्ने लक्ष्य राखेका छौँ,” फुकासावाले भने। अहिले त्यस भेगमा ८० प्रतिशत रेलले सेवा दिइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनद्वारा रुसमाथि अहिलेसम्मकै ठूलो आक्रमण

बीबीसी । युक्रेनले आइतबार रूसमाथि हालसम्मकै सबैभन्दा ठूलो लामो–दूरीको ड्रोन हमला गरेको दाबी

युक्रेनी तालिम स्थलमा रुसी मिसाइल आक्रमण, १२ सैनिकको मृत्यु

युक्रेन । युक्रेनको एक सैन्य तालिमस्थलमा भएको रुसी मिसाइल आक्रमणमा कम्तीमा १२ जना

इरानद्वारा आईएईएको प्रतिवेदन खारेज

तेहरान । इरानले संयुक्त राष्ट्र सङ्घ अन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्थाको (आईएईए) पछिल्लो

गाजामा इजरायली आक्रमणमा ३१ जनाको मृत्यु

गाजा । दक्षिण गाजाको राफाह क्षेत्रमा रहेको एक मानवतावादी सहायता वितरण केन्द्रको नजिक