ककपिटमा बसेकी महिला यात्रुको तस्बिर भाइरल भएपछि विमानचालकलाई आजीवन प्रतिबन्ध



एउटा चिनियाँ विमानको ककपिटमा बसेकी युवतीको तस्बिर निकै चर्चित भएपछि उक्त विमानका चालकलाई उडान गर्न प्रतिबन्ध लगाइएको छ।

आन्तरिक उडानमा रहेको एअर ग्वेयलिनको विमानभित्र ज्यानुअरी महिनामा उक्त तस्बिर खिचिएको सरकारी पत्रिका ग्लोबल टाइम्सले जनाएको छ।

तर गत साता चिनियाँ सामाजिक सञ्जालमा उक्त तस्बिर भाइरल भएपछि विमानसेवाले ती विमानचालकलाई विमान उडान आजीवन प्रतिबन्ध लगाइएको घोषणा गर्‍यो। तस्बिर खिच्दा ती महिला हँसिलो मुद्रा देखिन्छिन् र उनको अगाडि खानेकुरा पनि देखिन्छ।

एअर ग्वेयलिनले एउटा विज्ञप्तिमार्फत् ककपिटमा ‘असम्बन्धित मानिसलाई लगेको’ भन्दै पाइलटले उड्डययन सुरक्षाका नियमहरू उल्लङ्घन गरेको जनाएको छ। आइतवार ती महिलाले राखेको तस्बिरको स्क्रीनशट माइक्रोब्लगिङ साइट विबोमा थेरैले शेअर गरेका थिए।

उक्त पोस्टमा ती महिलाले तस्बिरसँगै ‘क्याप्टेनलाई धन्यवाद। निकै खुसी’ लेखेकी थिइन्। चिनियाँ समाचासंस्थाको वेबसाइटका अनुसार ती महिला ग्वेयलिन विश्वविद्यालयकी प्रशिक्षार्थी विमानपरिचारिका हुन सक्ने अनुमान गरिएको जनाएको छ।

सो विमानसेवाले उक्त तस्बिर उडान हुँदाहुँदै खिचिएको हो कि हैन त्यो स्पष्ट पारेको छैन। तर चिनियाँ विमानचालक तथा समीक्षकहरूले विमान उडिरहेकै बेला फोटो खिचिएको हुन सक्ने बताएका छन्।

आजीवन प्रतिबन्धको कारबाही खेपेका विमानचालकको परिचय गोप्य राखिएको छ।तर उनी विमानसेवाका सबैखाले भूमिकाबाट हटाइएका हुन कि होइनन् भन्ने स्पष्ट छैन।

चीनको नागरिक उड्डयन प्रशासनका अनुसार यात्रुलाई विशेष स्वीकृति वा ‘आवश्यक’ अवस्थामा बाहेक ककपिटमा लैजान पाइँदैन।

त्यसमा संलग्न अन्य कर्मचारीलाई अनुसन्धान पूरा नहुँदासम्मका लागि निलम्बन गरिएको छ।गत वर्ष चीनकै डोङ्गाई विमानसेवाले एक विमानचालकले श्रीमतीलाई ककपिटमा प्रवेश गर्न दिएपछि उनलाई छ महिनाका लागि निलम्बन गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनद्वारा रुसमाथि अहिलेसम्मकै ठूलो आक्रमण

बीबीसी । युक्रेनले आइतबार रूसमाथि हालसम्मकै सबैभन्दा ठूलो लामो–दूरीको ड्रोन हमला गरेको दाबी

युक्रेनी तालिम स्थलमा रुसी मिसाइल आक्रमण, १२ सैनिकको मृत्यु

युक्रेन । युक्रेनको एक सैन्य तालिमस्थलमा भएको रुसी मिसाइल आक्रमणमा कम्तीमा १२ जना

इरानद्वारा आईएईएको प्रतिवेदन खारेज

तेहरान । इरानले संयुक्त राष्ट्र सङ्घ अन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्थाको (आईएईए) पछिल्लो

गाजामा इजरायली आक्रमणमा ३१ जनाको मृत्यु

गाजा । दक्षिण गाजाको राफाह क्षेत्रमा रहेको एक मानवतावादी सहायता वितरण केन्द्रको नजिक