आइएजीले स्पेनी विमान कम्पनी एयर यूरोपा किन्ने



‘बृटिस एअरवेज तथा आइबेरिया’ को स्वामित्व रहेको लण्डन शेयर बजारमा सूचीकृत विशाल विमान कम्पनी ‘आइएजी’ ले स्पेनी विमान कम्पनी एअर यूरोपालाई किन्ने सहमति भएको छ ।

आइएजीले सोमबार जारी विज्ञप्तिमा एअर यूरोपाको स्वामित्व रहेको ग्लोबालियालाई एक अर्ब यूरो (१.२ अर्ब अमेरिकी डलर) मा लिने सम्झौता भएको जानकारी गराएको छ ।

आइएजीले आफ्नो सेवालाई स्पेनको म्याड्रिडलाई प्रमुख गन्तव्य बनाउने उद्देश्यसहित एअर यूरोपालाई लिएको सम्झौतामा उल्लेख छ ।

कम्पनीले आफ्नो सेवालाई म्याड्रिडका साथै ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रमा बिस्तार गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नाइजेरियामा भएको सवारी दुर्घटनामा कम्तीमा २१ जनाको मृत्यु

अबुजा । नाइजेरियाको उत्तर क्षेत्रमा भएको एक भीषण सवारी दुर्घटनामा कम्तीमा २१ जनाको

भारतको उत्तरपूर्वमा मनसुनी वर्षाले कम्तीमा ३० जनाको मृत्यु

गुवाहाटी । पछिल्ला दुई दिनमा मुसलधारे मनसुनी वर्षाका कारण आएको अकस्मात् बाढी र

युद्धविरामको अमेरिकी प्रस्ताव हमासद्वारा अस्वीकार

गाजासिटी । हमासले अमेरिकाद्वारा अघि सारिएको गाजा युद्धविराम प्रस्तावको जवाफ पेश गरेको छ

बङ्गलादेशको जमात–ए–इस्लामीलाई निर्वाचनमा भाग लिने अनुमति

ढाका । बङ्गलादेशको सबैभन्दा ठूलो इस्लामी पार्टीको दर्तालाई आइतबार पुनस्र्थापित गरिदिएको छ र