म्याक्डोनल्ड्सका प्रमुख कार्यकारी कर्मचारीसँग ‘डेटिङ’ गएपछि बर्खास्त



म्याक्डोनल्ड्सले एक कर्मचारीसँग प्रेमसम्बन्ध राखेको पाइएपछि आफ्ना प्रमुख कार्यकारी स्टीभ इस्टरब्रुकलाई जागिरबाट हटाएको छ।

अमेरिकी प्रसिद्ध रेस्टुराँको सञ्जालले दुई जनाबीचको सम्बन्ध सहमतिमा आधारित भए पनि इस्टरब्रुकले ‘कम्पनीको नीति उल्लङ्घन गरेका’ र ‘कमजोर निर्णय क्षमता देखाएका’ बताएको छ।

कर्मचारीहरूलाई पठाएको एउटा इमेलमा ब्रिटिश नागरिक इस्टरब्रुकले ती महिला कर्मचारीसँग आफ्नो प्रेमसम्बन्ध रहेको स्वीकार्दै आफूले गल्ती गरेको बताएका छन्। “कम्पनीको मूल्यलाई ध्यानमा राख्दै मैले अब जागिर छोड्ने विषयमा बोर्डसँग सहमति जनाएको छु,” उनले भनेका छन्।

श्रीमतीसँग सम्बन्धविच्छेद गरिसकेका ५२ वर्षीय इस्टरब्रुकले अहिलेको पद सम्हाल्नुअघि पहिलो पटक सन् १९९३ मा लन्डनमा म्याक्डोनल्ड्सको व्यवस्थापकका रूपमा काम गरेका थिए।

सन् २०११ मा उनले म्याक्डोनल्ड्स छोडेर पिज्जा एक्स्प्रेसका र त्यसपछि सन् २०१३ मा म्याकडोनल्ड्समा फेरि फर्कनुअघि खानासम्बन्धी एशियाली सञ्जाल वागामामाका प्रमुख भए।

सन् २०१५ मा उनी म्याक्डोनल्ड्सका प्रमुख कार्यकारी पदमा नियुक्त भए। म्याक्डोनल्ड्सका मेन्यू तथा रेस्टुराँमार्फत्‌ अझ राम्रा कुरा पस्केर कम्पनीलाई अगाडि बढाएको श्रेय इस्टरब्रुकलाई जान्छ।

शुक्रवार एउटा समीक्षापछि म्याक्डोनल्ड्सको बोर्ड बैठकले इस्टरब्रुकको बहिर्गमनबारे मतदान गरेको थियो। म्याक्डोनल्ड्सका अध्यक्ष र बोर्डका सदस्य पदबाट पनि उनले राजीनामा दिएका छन्।

सो कम्पनीको नीतिले व्यवस्थापकहरूलाई आफूसँग तल्लो तहका कर्मचारीसँगको प्रेम सम्बन्धलाई वर्जित गरेको छ। पदबाट हटाइएपछि उनलाई दिइने रकम लगायतबारे विस्तृत विवरण सोमवार सार्वजनिक गरिनेछ, जसलाई धेरैले नजिकबाट नियाल्नेछन्।

कर्मचारीलाई दिने तलबलाई लिएर म्याक्डोनल्ड्सले आलोचना खेप्दै आएको छ र सन् २०१८ मा लिएको एक करोड ५९ लाख डलर बराबरको तलब-सुविधालाई लिएर इस्टरब्रुकले छानबिनको सामना गर्नुपरेको थियो। त्यो मध्यम तहका कर्मचारीको तलबभन्दा २,१२४ गुणाले बढी हो। मध्यम तहका कर्मचारीले ७,४७३ अमेरिकी डलर पाउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छः राष्ट्रपति सी

  चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला

चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक

विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक प्रदूषणमध्ये आधाभन्दा बढी ५६ कम्पनीबाट आएको अन्तर्राष्ट्रिय