बेलायतको एसिक्समा लरीभित्र मृत फेला परेका सबै ३९ जना भियतनामी नागरिक



ब्रिटेनको एसिक्समा एउटा लरीभित्र मृत फेला परेका सबै ३९ जना व्यक्ति भियतनामका नागरिक भएको प्रहरीले बताएको छ।

गत साता एउटा औद्योगिक क्षेत्रमा चिसो तापक्रम हुने व्यवस्था गरिएको लरीभित्र ती शवहरू फेला परेपछि मृतकहरू चिनियाँ भएको बताइएको थियो।

एसिक्स प्रहरीले अहिले आफूहरू केही मृतकका भियतनाम र यूकेस्थित परिवारजन तथा भियतनाम सरकारसँग सोझो सम्पर्कमा रहेको बताएको छ। केही भियतनामी परिवारहरूले आफ्ना प्रियजन पनि त्यसरी मृत्यु हुनेमध्ये हुन सक्ने आशङ्का व्यक्त गरेका थिए।

त्यसरी शव भेटिनुभन्दा केही समयअघि २६ वर्षीया एक महिलाले परिवारलाई सन्देश पठाउँदै आफ्नो “विदेशयात्रा असफल” भएको जनाउ दिएकी थिइन्।

मृत्यु हुनेमा ३१ पुरुष र आठ महिला छन्। मृत्युको कारण पत्ता लगाउन शवपरीक्षण भइरहेको छ। प्रहरी अधिकारी टिम स्मिथका अनुसार अहिले प्रहरीलाई सबै मृतकहरू भियतनामी नागरिक हुन् भन्ने लागेको छ।

तर कुनै पनि मृतकको सनाखत गर्ने अवस्थामा प्रहरी नभएको उनले बताए। लन्डनस्थित भियतनामी दूतावासले घटनाबाट आफू धेरै दु:खी भएको भन्दै शोकसन्तप्त परिवारप्रति सहानुभूति व्यक्त गरेको छ।

उसका अनुसार पीडितहरूको परिचय अझै खुल्न तथा दुई देशका सम्बन्धित निकायले त्यसको पुष्टि गर्न अझै बाँकी छ।  मृतकको शव स्वदेश फिर्ता गर्नका लागि परिवारजनलाई सघाउन आफूले सम्बन्धित निकायहरूसँग समन्वय गर्ने उसले बताएको छ।

एक भियतनामी पुरुषले आफ्नो ३० वर्षीय छोराको पनि मृत्यु भएको आफूलाई लागेको यसअघि बीबीसीलाई बताएका थिए।

भियतहोम नामक यूकेस्थित भियतनामी समुदायका मानिसहरूको फोरमले सम्पर्कविहीन भएका २० जना मानिसको तस्बिर प्रहरीलाई उपलब्ध गराइएको जनाइएको छ।

लरीको कन्टेनरभित्र रेफ्रिजेरेटरको जस्तो चिसो हुने हुनाले तापक्रम -२५ डिग्री सेल्सीअससम्म झर्न सक्छ। प्रारम्भिक विवरणहरूमा त्यो लरी बल्गेरियाबाट आएको बताइएको थियो। तर त्यहाँको सरकारले जनाएअनुसार त्यो लरीको ट्र्याक्टर त्यहाँ सन् २०१७ मा दर्ता भएपनि त्यसपछि फर्किएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही