मध्यावधि चुनाव गराउन इराकी राष्ट्रपति सहमत



इराकी राष्ट्रपति बरहाम सालेहले देशमा एक महिनादेखि सरकार विरोधी हिंसात्मक विरोध प्रदर्शन जारी रहेको भन्दै मध्यावधि चुनाव गर्न प्रतिबद्ध रहेको बताएका छन् । तर प्रदर्शनकारीहरुले चुनावले मात्र समस्याको समाधान नहुने बताएका छन् ।

टेलिभिजनमा बिहीबार प्रशारित एक सन्देशमा राष्ट्रपति सालेहले प्रधानमन्त्री अदेल अब्देल माहदी राजीनामा गर्न तयार रहेको बताए । उनले प्रधानमन्त्री पदका लागि अर्को कुनै व्यक्ति तत्काल तयार नरहेको पनि बताए ।

उनले नयाँ निर्वाचन कानुन र निगरानी आयोगमा सहमति हुनासाथ चुनाव गर्न आफू प्रतिबद्ध रहेको बताए । तर उनको सन्देशले प्रदर्शनकारीलाई खासै प्रभावित गर्न सकेको छैन । ७७ वर्षीय अब्देल माहदी इराकको प्रधानमन्त्रीमा एक वर्षअघि चुनिएका हुन् । उनलाई मोक्तादा सदर र संसदीय नेता हादी अल–अमेरीको समर्थन छ ।

तर पछिल्लो समय मोक्तादा सदरले प्रदर्शनकारीलाई समर्थन गरेका छन् भने अमेरी र अरु केही दलले सरकारलाई समर्थन गरिरहेका छन् ।

एक महिनादेखिको प्रदर्शनका कारण कम्तीमा २५७ जनाको मृत्यु हुनुका साथै १० हजारभन्दा बढी घाइते भएका छन् । गत सातामा मात्र एक सय जनाको ज्यान गएको इराकी मानव अधिकारी आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चुनावपछि अमेरिका–चीन सम्बन्धमा सुधार आउने बेइजिङको विश्वास

चीनले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा जो सुकैले जिते पनि अमेरिकासँगको सम्बन्धमा सुधार

हाइटीमा रात्रिकालीन कर्फ्यु र सङ्कटकाल घोषणा

हाइटीको सरकारले राजधानी शहरको मुख्य कारागारमा भएको सामूहिक आक्रमणबाट उत्पन्न हिंसाको लहरलाई दबाउन

गाजा युद्धविराम तथा बन्धक मुक्तिको लागि आयोजित कायरो बैठकमा सहभागी नहुने इजरायलको निर्णय

इजरायलले युद्धविराम र गाजाबाट बन्धकहरूको रिहाइसम्बन्धी छलफलका लागि कायरोमा प्रतिनिधिमण्डल नपठाउने निर्णय गरेको

पाकिस्तानमा भारी वर्षाका कारण २९ जनाको मृत्यु

पछिल्लो ४८ घण्टामा परेको भारी वर्षाका कारण पाकिस्तानमा कम्तीमा २९ जनाको मृत्यु भएको