कश्मीरमा पृथकतावादी विद्रोहीद्वारा कम्तीमा पाँच जना निर्माण मजदुरको गोली हानी हत्या



भारत प्रशासित कश्मीरमा सन्दिग्ध पृथकतावादी विद्रोहीहरूले कम्तीमा पाँच जना निर्माण मजदुरहरूलाई गोली हानी मारिदिएको प्रहरीले बताएको छ। ती मजदुर पश्चिम बङ्गाल राज्यका थिए।

कुलगाम जिल्लाको कातरसु गाउँमा मङ्गलवार चरमपन्थीहरूले तिनको हत्या गरिदिएको जम्मु-कश्मीर प्रहरीले जानकारी दिएको छ। बीबीसी संवाददाता रियाज मसरुरका अनुसार उनीहरूको हत्या राति करिब ९ बजे भएको थियो।

उनी भन्छन्, “कश्मीरमा लगाइएका नियन्त्रण केही खुकुलो पार्दै लगिएको थियो। पुलिसले पनि आफ्नो सचेत गराउने सूचना हटाएको थियो। “यस्तो स्थितिमा यहाँ पर्यटन त बढेको थिएन तर मजदुरहरू भने जीविकोपार्जनका निम्ति विस्तारै कश्मीर फर्कँदै थिए। अहिलेको समयमा भारतका विभिन्न ठाउँबाट कश्मीरका स्याउ बगैँचा तथा अन्यत्र काम गर्न मजदुर आउने गर्छन्।”

मसरुरका अनुसार हत्या गरिएका सबै पाँचजना मजदुर कातरसु गाउँमा एउटा भाडाको घरमा बस्थे। प्रहरीको भनाइ छ कि सो घरमा सन्दिग्ध बन्दूकधारी घुसे, तिनलाई बाहिर निकाले र गोली हाने।

हमलामा एकजना घाइते छन्। केही समय यता कश्मीरमा बाहिरबाट आएर बसेका मानिसहरूविरुद्ध हमलाको सिलसिला बढेको छ। हमलाको निशानामा खासगरि ट्रक ड्राइभर तथा मजदुर छन्।

युरोपेली सांसदहरूको एक समूहले कश्मीरको भ्रमण गरेकै बेला यो घटना भएको छ। गत अगस्टमा भारतले कश्मीरको विशेष संवैधानिक हैसियत खारेज गरिदिएपश्चात् कुनै विदेशी प्रतिनिधिमण्डलको यो पहिलो भ्रमण हो।

सयौँ मानिसहरूलाई बन्दी बनाइएको तथा इन्टरनेट सेवा अवरुद्ध भइरहेको बेला भारत सरकारले स्थिति सामान्य भइसकेको जस्तो देखाउने प्रयास गरेकोप्रति त्यहाँका मानिस क्रुद्ध भएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छः राष्ट्रपति सी

  चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला

चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत