अफगानिस्तानको मस्जिदमा भएको विस्फोटनमा कम्तीमा ६२ जनाको मृत्यु



अफगानिस्तानका एकजना प्रान्तीय प्रवक्ताले एउटा मस्जिदमा भएको विस्फोटनमा कम्तीमा ६२ जनाको मृत्यु भएको बताएका छन्।

मस्जिदको छत नै खस्नेगरी देशको पूर्वमा पर्ने नन्गाहरमा भएको उक्त विस्फोटमा कैयौँ घाइते भएका छन्। उक्त हमला कसले गरेको भन्ने अझै स्पष्ट भएको छैन।

तर उक्त क्षेत्रमा तालिबान र इस्लामिक स्टेट दुवै समूह सक्रिय छन्। संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानमा हिंसाको स्तर अस्वीकार्य भएको जनाएको भोलिपल्ट यो विस्फोट भएको हो।

राष्ट्रसङ्घका अनुसार जुलाई र सेप्टेम्बरको बीचमा अफगानिस्तानमा ज्यान गुमाउने गैरसैनिकको सङ्ख्या ११ सय ७४ थियो। जुलाई एक दशकयताकै सबैभन्दा खतरनाक महिना बनेको थियो।

बीबीसीले अगस्ट महिनामा भएका प्रत्येक हत्याको अभिलेख राख्ने प्रयास गरेको थियो र त्यसक्रममा द्वन्द्वमा ज्यान गुमाउनेमध्ये पाँचमध्ये एकजना गैरसैनिक रहेको खुलेको थिए।

प्रान्तीय प्रवक्ता अताउल्लाह खोग्यानीले विस्फोटनका कारण प्रार्थाना गर्न जम्मा भएका थप ३६ जना घाइते भएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वको आर्थिक वृद्धि दर सन् २०२५ र २०२६ मा घट्ने

पेरिस । आर्थिक सहकार्य तथा विकास संगठन (ओईसीडी) ले मङ्गलबार सार्वजनिक गरेको पछिल्लो

नयाँ तारामण्डल शोले वैज्ञानिकहरूलाई ब्रह्माण्डीय रहस्य खोल्न सहयोग

न्युयोर्क । वैज्ञानिकहरूले एउटा अप्रत्याशित स्रोतबाट सौर्यमण्डलका धेरै रहस्यमध्ये एक खोलेका छन् । अमेरिकन

मङ्गोलियाका प्रधानमन्त्रीद्वारा राजीनामा

उलानबाटर । मङ्गोलियाका प्रधानमन्त्री लुभ्सान्नामस्राइन ओयुन–एर्डेनले सांसदहरू बीच विश्वास मत गुमाएपछि मङ्गलबार राजीनामा

ट्रम्प र सीबीच यो साता भेट हुने

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङले यस हप्ताको