अमेरिकालाई सघाएका कुर्द ‘देवदूत’ नभएको ट्रम्पको टिप्पणी



सिरियामाथि टर्कीले गरेको सैन्य हमलाबारे प्रतिक्रिया जनाउँदै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘आफ्नो सीमा नभएको’ प्रतिक्रिया दिएका छन्।

उनले जिहादी समूह इस्लामिक स्टेटविरुद्धको लडाइँमा अमेरिकालाई सघाएका कुर्दहरू ‘कुनै देवदूत नभएको’ पनि टिप्पणी गरे।

गत साता उक्त क्षेत्रबाट अमेरिकी सेना फिर्ता लैजानले निर्णयले टर्कीलाई उत्तरी सिरियामा आक्रमण गर्ने बाटो खोलिदिएको भन्दै अमेरिकाको देशभित्रै र अन्तर्राष्ट्रिय रूपमा तीव्र आलोचना भइरहेको छ।

तर ह्वाइटहाउसमा संवाददाताहरूसँगै कुरा गर्दै ट्रम्पले अमेरिका अरूको रेखदेख गरेर बस्ने निकाय नभएको बताए र भने, “अहिले हामी सबैको लागि घर जाने बेला हो।”

यसअघि आएका समाचारहरूमा ट्रम्पले सिरिया-टर्कीबीच उत्पन्न तनावलाई ‘आफ्नो समस्याको बिषय नभएको’ बताएको उल्लेख थियो। अमेरिकाको तल्लो सदनको भारी मतले उत्तरपूर्वी सिरियाबाट कुर्दहरूलाई एक्लै छाड्दै अमेरिकी सेना फिर्ता लग्ने ट्रम्पको कदमप्रति विरोध जनाएको छ।

गत साता सेना फिर्ता लग्ने अमेरिकी निर्णय लगत्तै सिरियाली कुर्दमाथि टर्कीले सैन्य हमला सुरु गरेको थियो। उक्त खेद प्रस्ताव पारित गर्न मतदान गर्नेमा विपक्षी डमोक्र्याट्सहरू बाहेक १२९ रिपब्लिकन सांसदहरू समेत थिए।

संसद्‌मा मतदान लगत्तै बोलेका वरिष्ठ डेमोक्र्याटहरूले सिरियाबारे राष्ट्रपतिसँगको बैठक सहज रूपमा नटुङ्गिएको बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तान र इरानबाट पाँच दिनमा करिब १६ हजार अफगान शरणार्थी स्वदेश फर्किए

काबुल । अफगानिस्तानको उच्च आयोगले जानकारी दिएको अनुसार, पछिल्लो पाँच दिनको अवधिमा पाकिस्तान

जिहादीको आक्रमणमा नाइजेरियामा चार सैनिकको मृत्यु

नाइजेरिया । उत्तरपूर्वी नाइजेरियाको एक सैनिक शिविरमा इस्लामिक राज्य पश्चिम अफ्रिका प्रान्त (आइसडब्लुएप)

गाजामा खाद्यान्न नाकाबन्दी हटाउन इजरायललाई संयुक्त राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका राहत प्रमुख टम फ्लेचरले गाजामा जातीय नरसंहारको रोकथामका

वैश्विक दबाबका कारण जर्मन अर्थतन्त्र सन् २०२५ मा सङ्कुचित हुने

फ्रान्कफुर्ट । जर्मनीको अर्थतन्त्र सन् २०२५ मा ०.२ प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण गरिएको