मेक्सिकोमा बन्दुकधारी र सुरक्षाकर्मीबीच भएको गोली हानाहानमा १५ जनाको मृत्यु



दक्षिणी मेक्सिकोको एक नगरमा मेक्सिको सेना र अज्ञात हतियारधारीबीच भएको गोली हानाहानमा परी कम्तीमा पनि १५ जनाको ज्यान गएको छ । मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा सो हमला भएको थियो ।

त्यहाँ दुवै पक्षबीच गोली हानाहान भएको र त्यसमा परी १५ जनाको ज्यान गएको सुरक्षा अधिकृतहरुले जनाएका छन् । तर यहाँका सुरक्षा अधिकारीले मारिने १५ जनामा सुरक्षाकर्मी र हतियारधारी को हुन् भन्ने बारेमा भने केही खुलाएका छैनन् ।

गुरेरो मेक्सिकोमा हिंसात्मक घटनाहरु हुनेमध्येको सबैभन्दा जोखिममा रहेको राज्य हो । यहाँ कम्तीमा पनि २० वटा सशस्त्र समूहहरुले यस्तो हिंसात्मक हमला गर्ने गरेका बताइन्छ ।

उक्त राज्यमा लागूऔषधका कारोबारीहरु अरु राज्यको तुलनामा बढी नै रहेका पनि सुरक्षाकर्मीहरुले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगलागीका कारण क्यानाडामा २६ हजार भन्दा बढी बासिन्दा विस्थापित

ओटावा । क्यानाडाली अधिकारीहरूले क्यानडाको जङ्गलमा लागेकोका कारण क्यानाडाका तीन प्रान्तका २६ हजार

विमानमा विषालु भाइपरसहित भारतीय तस्कर पक्राउ

मुम्बई । दर्जनौँ विषालु सर्प तस्करी गरिरहेका एक यात्रुलाई थाइल्यान्डबाट वित्तीय राजधानी मुम्बईमा

‘शान्ति’ सुनिश्चित गर्न रुससँग सैन्य सम्बन्ध राखेको उत्तर कोरियाको भनाइ

सियोल। उत्तर कोरियाले सोमबार रूससँगको आफ्नो सैन्य सहयोगको पक्षमा बोल्दै यो सम्बन्ध युरोप

युक्रेनद्वारा रुसमाथि अहिलेसम्मकै ठूलो आक्रमण

बीबीसी । युक्रेनले आइतबार रूसमाथि हालसम्मकै सबैभन्दा ठूलो लामो–दूरीको ड्रोन हमला गरेको दाबी