सिरियामा युद्धविरामका लागि अमेरिकाले गरेको आग्रह टर्कीद्वारा अस्वीकार



टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआनले उत्तरी सिरियामा युद्धविरामका लागि अमेरिकाले गरेको आग्रहलाई अस्वीकार गरिदिएका छन्।

अमेरिकी उपराष्ट्रपति माइक पेन्स र विदेशमन्त्री माइक पोम्पेओले युद्ध रोक्ने प्रयास गर्न भन्दै टर्की जाने तयारी गरिरहँदा एर्दोआनको त्यस्तो भनाइ आएको हो।

एर्दोआनले यस विषयमा रुससँग समेत कुरा गरेका छन्। क्रेम्लिनले सिरियाली सेनामाथि आक्रमण हुन नदिने बताएको छ।

सिरियाका लागि मस्कोका विशेषदूत अलेक्जान्डर लभ्रेन्तेभले सैन्य आक्रमण “अस्वीकार्य” भएको बताएका छन्। सिरियाली नेता बशर अल असदको रुस मुख्य सैन्य साझेदार हो।

सन् २०१५ यता सिरियामा रुसी सेना परिचालित छ। रुसी रक्षा मन्त्रालयका अनुसार उसका सेनाहरूले सिरिया र टर्कीका सेनाको जम्काभेट हुन सक्ने ठाउँमा गस्ती गरिरहेको छ।

युद्ध रोक्ने उपायबारे छलफल गर्न अङ्करासँग आफू सम्पर्कमा रहेको मस्कोले जनाएको छ। गत साता उक्त क्षेत्रबाट अमेरिकी सेना फिर्ता लैजानले निर्णयले टर्कीलाई उत्तरी सिरियामा आक्रमण गर्ने बाटो खोलिदिएको बताइन्छ।

तर मङ्गलवार अबेर पेन्टागनले आफ्ना लडाकु विमान र हेलिकप्टर त्यसतर्फ पठाएको बताइएको छ।

सिरियाको ऐन इस्सामा रहेका आफ्नो स्थलसेनानजिक टर्कीसमर्थित फौज पुगेपछि त्यसो गरिएको अमेरिकाले जनाएको छ। एक अमेरिकी सैन्य अधिकारीका अनुसार टर्कीसमर्थित फौजले अमेरिकी सेनालाई तारो नबनाउने सम्झौताको उल्लङ्घन गरेको छ।

सिरियामा जिहादी समूह इस्लामिक स्टेटलाई परास्त गर्ने अमेरिकी अभियानमा कुर्द नेतृत्वको सिरियन डेमक्रेटिक फोर्सेस (एसडीएफ) ले सघाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डेनमार्कमा नयाँ सवारीमध्ये ६१ प्रतिशत विद्युतबाट चल्ने

ओस्लो । डेनमार्कमा सन् २०२५ को मे महिनामा बिक्री भएका नयाँ सवारीमध्ये ६१

रूससँगको युद्ध रोक्न इस्तानबुल वार्तामा ‘आवश्यक कदम’ चाल्न युक्रेन तयार

इस्तानबुल । युक्रेनले सोमबार इस्तानबुलमा रुससँगको वार्तामा ‘शान्तिका लागि आवश्यक कदम’ चाल्न तयार

भारी वर्षापछि भारतमा पहिरोमा परी तीन सैनिकको मृत्यु

नयाँदिल्ली । उत्तरपूर्वी भारतमा मुसलधारे वर्षापछि आएको भीषण पहिरोमा परी तीन सैनिकको मृत्यु

आगलागीका कारण क्यानाडामा २६ हजार भन्दा बढी बासिन्दा विस्थापित

ओटावा । क्यानाडाली अधिकारीहरूले क्यानडाको जङ्गलमा लागेकोका कारण क्यानाडाका तीन प्रान्तका २६ हजार