उत्तरी सिरियामा सैन्य आक्रमण रोक्न दबाव दिँदै टर्कीमाथि अमेरिकी प्रतिबन्ध



उत्तरी सिरियामा कुर्दहरूमाथि सैन्य आक्रमण गरेपछि अमेरिकाले त्यसको सशक्त विरोध गरेको छ। अमेरिकाले टर्कीका दुईवटा मन्त्रालय र तीन वरिष्ठ अधिकारीहरूलाई प्रतिबन्ध लगाएको छ।

अमेरिकाले स्टीलमा कर बढाउने र व्यापार सम्झौतासम्बन्धी वार्ताहरू समेत रोकेको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टर्कीका राष्ट्र्पति रेजेप ताइयिप एर्दोआनलाई फोन गरेर तत्काल युद्धविराम गर्न भनेको उपराष्ट्रपति माइक पेन्सले बताएका छन्।

पेन्सले आफू उक्त क्षेत्रमा यथासम्भव चाँडो जाने बताएका छन्। ह्वाइट हाउसमा बोल्दै पेन्सले भने, “जबसम्म टर्कीले युद्धविराम गर्दैन र यो विषयलाई समाधान गर्न दीर्घकालीन उपायबारे छलफल गर्न सहमत हुँदैन तबसम्म आज घोषणा भएका प्रतिबन्धहरू अझ कडा हुँदै जानेछन्।”

पूर्वोत्तर सिरियामा सिरियाली सेना गएको छ। टर्कीको सेना र सिरियाली सेनाबीच सङ्घर्ष हुन सक्ने देखिएको छ। सिरियाली सरकारी सञ्चारमाध्यमले जनाएअनुसार सिरियाली सेनाले मेन्बिज सहरमा प्रवेश गरिसकेको छ।

टर्कीले त्यहाँबाट कुर्द लडाकुहरूलाई धपाएर आफ्नो “सुरक्षित क्षेत्र” निर्माण गर्न खोजेको छ। सिरियाली सैनिकहरू तल तमेर र ऐेन इस्सामा आइपुग्दा खुसी हुँदै त्यहाँका मानिसहरूले उनीहरूको स्वागत गरेका थिए।

सिरिया र टर्कीका सेनाहरूको उपस्थिति भका स्थानमा सङ्घर्ष हुने जोखिम देखिएको छ।टर्कीका राष्ट्रपति एर्दोआनले जस्तोसुकै परिणाम आए पनि आफूहरू लक्ष्य पूरा नभएसम्म पछि नहट्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगलागीका कारण क्यानाडामा २६ हजार भन्दा बढी बासिन्दा विस्थापित

ओटावा । क्यानाडाली अधिकारीहरूले क्यानडाको जङ्गलमा लागेकोका कारण क्यानाडाका तीन प्रान्तका २६ हजार

विमानमा विषालु भाइपरसहित भारतीय तस्कर पक्राउ

मुम्बई । दर्जनौँ विषालु सर्प तस्करी गरिरहेका एक यात्रुलाई थाइल्यान्डबाट वित्तीय राजधानी मुम्बईमा

‘शान्ति’ सुनिश्चित गर्न रुससँग सैन्य सम्बन्ध राखेको उत्तर कोरियाको भनाइ

सियोल। उत्तर कोरियाले सोमबार रूससँगको आफ्नो सैन्य सहयोगको पक्षमा बोल्दै यो सम्बन्ध युरोप

युक्रेनद्वारा रुसमाथि अहिलेसम्मकै ठूलो आक्रमण

बीबीसी । युक्रेनले आइतबार रूसमाथि हालसम्मकै सबैभन्दा ठूलो लामो–दूरीको ड्रोन हमला गरेको दाबी