जर्मनले टर्कीलाई हतियार विक्री नगर्ने



टर्कीले सिरियाली कुर्दिस समूहमाथि विगत पाँच दिन यता गरेको अन्धाधुन्ध हवाई आक्रमणलाई लिएर जर्मनीले टर्कीलाई हतियार बिक्री गर्न रोक्ने बताएको छ ।

टर्कीले जर्मनीबाट आपूर्ति भएको हतियार सिरियाली कुर्दिस समुदायमाथि लक्षित गरिएको र यसबाट सर्वसाधारण जनताको मृत्यु भएका खबरहरूपछि जर्मनीले उक्त निर्णय लिन लागेको हो ।

उत्तरपूर्वी सिरियामा टर्कीको सैन्य आक्रमणका कारण विगत चार दिनमा २७ सर्वसाधारणको मृत्यु भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा समाचार आएका थिए ।

बेलायतस्थित सिरियाली मानव अधिकार अनुगमन संस्थाले शनिबार पनि हवाई आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको दावी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अफगान आकाशमा ड्रोन गस्ती रोक्न अमेरिकालाई अफगान अधिकारीको आग्रह

अफगान सरकारी अधिकारीहरूले संयुक्त राज्य अमेरिकालाई अफगान आकाशमा पाइलटविहीन ड्रोन गस्ती रोक्न आग्रह

चीनलाई दक्ष र नवीन सिर्जनाका लागि विश्व केन्द्र बनाउने राष्ट्रपति सीको भनाइ

चिनियाँ राष्ट्रपति सी जिनपिङले नयाँ युगमा गुणस्तरीय कार्यशक्ति विकास गर्ने र चीनलाई व्यावसायिक

भारतमा थप १८ हजारलाई कोरोना संक्रमण

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या २०१ दिनपछिकै सवैभन्दा कम भएको छ । पछिल्लो

उत्तर कोरियाद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले सोमबार एक आणविक क्षेप्यास्त्र प्रहार गरेको जापानले बताएको छ । समय