एनएसएलमा धनगढीको शानदार सुरुवात



काठमाडौँ । अहमद हिजाजीको दुई गोलसँगै साविक विजेता धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार भएको खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै धनगढीले पहिलो खेलमै तीन अङ्क बटुलेको छ ।

बुटवलको भने यो पहिलो हार हो । बुटवलले यसअघि झापा एफसीसँग गोलरहित बराबरी खेलेको थियो ।
धनगढीको जितमा हिजालीबाहेक कृतिशरत्न छुन्जु र जर्जप्रिन्स कार्कीले समान एक/एक गोल थपे ।

यता बुटवलका लागि केन्टा हाराले एक गोल फर्काए । खेलको छैटौँ मिनेटमै हिजाजीले धनगढीलाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको ३१औँ मिनेटमा बुटवलका केन्टाले गोल गर्दै खेललाई एक/एक गोलको बराबरीमा ल्याए ।

खेलको ७५औँ मिनेटमा धनगढीका मार्की प्लेयर कृतिशरत्नले अग्रता दोब्बर बनाए । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा हिजाजीले अर्को गोल थपे । खेल सकिन केही समय बाँकी रहँदा धनगढीका जर्जप्रिन्सले अर्को गोल थप्दै ४–१ को फराकिलो जित पक्का गरे । बुधबार ललितपुर सिटी र पोखरा थन्डर्सबीच खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक

काठमाडौँ । आइतबारदेखि सुरु हुने आइसिसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटको ट्रफी

ललितपुर एनएसएलको ‘प्लेअफ’मा

काठमाडौँ । ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिता–२०२५ को ‘प्लेअफ’मा

एनएसएलमा झापा र पोखराबीचको खेल बराबरीमा

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको झापा एफसी र

नेपाल चार देशीय क्रिकेटको फाइनलमा

काठमाडौं । वर्षाले खेल हुन नसकेपछि हङ्कङसँग अङ्क बाँडेपछि नेपाली राष्ट्रिय क्रिकेट टोली