पोखरामा भलिबल च्याम्पियनसिप हुने



काठमाडौं । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम, नेपालको आयोजनामा ‘प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित पुरुष भलिबल च्याम्पियनसिप–२०८२’ हुने भएको छ ।

लायन्सले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी आगामी वैशाख १८ गतेदेखि २२ गतेसम्म पोखरामा भलिबल च्याम्पियनसिप हुने जानकारी गराएको हो ।

संस्थाको स्थापना अन्तरराष्ट्रियस्तरमा एक सय सात वर्ष र नेपालमा ५३ वर्ष पूरा भएको उपलक्ष्यमा नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवर्द्धन गर्ने उद्देश्यले भलिबल च्याम्पियनसिप आयोजना गर्न लागिएको डिस्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले जानकारी दिए । उनले खेलहरू पोखरा रङ्गशालास्थित मल्टिपर्पोज हलमा हुने बताए ।

उनले लायन्सको माध्यमबाट राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा भलिबल खेलको प्रवर्द्धन गर्नु र युवा खेलाडीलाई अन्तरराष्ट्रिय खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नु च्याम्पियनसिपको प्रमुख उद्देश्य रहेको बताए ।

“लायन्सको माध्यमबाट राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा भलिबल खेलको प्रवर्द्धन गर्नु, युवा खेलाडीलाई अन्तरराष्ट्रिय खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नु, पोखरालाई खेल पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने र खेलकुदमार्फत अन्तरराष्ट्रिय सम्बन्ध विस्तार गर्ने उद्देश्य लिइएको छ”, उनले भने ।

च्याम्पियनसिपमा छ वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ । पाकिस्तान भलिबल क्लब इस्लामावाद, गण्डकी प्रदेश भलिबल सङ्घ, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबसँग सम्झौता भइसकेको तथा भारत र इरानको टिमसँग सरसल्लाह भइरहेको आयोजकले जनाएको छ ।

च्याम्पियनसिपको प्रथम पुरस्कार रु चार लाख ४४ हजार ४४४, द्वितीय पुरस्कार रु दुई लाख ४४ हजार ४४४ र तृतीय पुरस्कार रु एक लाख ४४ हजार ४४४ नगद, ट्रफी मेडल र प्रमाणपत्र राखिएको छ । च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीलाई रु १४ हजार ४४४ नगद, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने विधागत पुरस्कारतर्फ रु आठ हजार ४४४ रहेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बहराइनलाई हराउँदै नेपाल आईसीसी महिला टी–२० विश्वकप छनोटको शीर्ष स्थानमा

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले बहराइनलाई ६ विकेटले हराएको

स्पेनिस ला लिगामा रियल म्याड्रिडको जित

काठमाडौं । स्पेनिस ला लिगाको खेलमा रियल म्याड्रिडले रियल मालोर्कालाई २–१ ले हराएको

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा समावेश नहुने

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफू नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौताअन्तर्गत नरहने

आइसिसी विश्वकप लिग–२ खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ(क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न