भीमनारायण गोल्डकपको उद्घाटन खेलमा सप्तरी विजयी



धनकुटा । सहिद भीमनारायण गोल्ड कपको १७औँ संस्करण आजदेखि सुरु भएको छ । धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा आइतबार भएको उद्घाटन खेलमा सप्तरीको नमोबद्ध युथ क्लब विजयी भएको छ । उसले आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठानलाई ३–१ गोलअन्तरले हराएको हो ।

सप्तरीले पहिले हाफमा तीन गोल गरेको थियो । खेलको १९औँ मिनेटमा निर्मल घिसिङ, खेलको ३२औँ मिनेटमा मिक्सम दास र ३९औँ मिनेटमा मोहित गुरुङले गोल गरेका थिए । भीमनारायण स्मृति प्रतिष्ठानका लागि दोस्रो हाफमा कप्तान दीपेन शाक्यले सान्त्वना गोल गरेका थिए ।

सोमबार ब्वाइज फुटबल क्लब इटहरी, सुनसरी र गाईघाट फुटबल क्लब उदयपुरबीच खेल हुने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए । यही चैत २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोली सहभागी छन् ।

यसअघि खेलको उद्घाटन महालक्ष्मी नगरपालिका धनकुटाका प्रमुख ध्रुव रायले गरेका थिए । प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले दुई लाख ५० हजार पुरस्कार पाउने छन् ।

तत्कालिन राजा वीरेन्द्र शाहलाई बम हानेको आरोपमा पक्राउ परेका सहिद भीमनारायण श्रेष्ठलाई २०३५ सालमा शाही सरकारले गोली हानी हत्या गरेको थियो । विसं २०७३ मा उनलाई राष्ट्रिय सहिद घोषणा गरिएको हो । उनको सम्झनामा २०५५ सालदेखि प्रतिष्ठानले यो प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीलाई बधाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइसिसी विश्वकप लिग–२ एकदिवसीय शृङ्खलामा नेपाल विजयी

नेदरल्यान्ड्सविरुद्ध नेपालको पाँच विकेटको जित

काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा जित निकालेको छ । नेपालले

गण्डकीको नीति तथा कार्यक्रममा खेल पूर्वाधार निर्माणमा पुरानैलाई निरन्तरता

गण्डकी । गण्डकी प्रदेश सरकारले पटकपटक नीति, कार्यक्रम र बजेटमा घोषणा गरेका महत्त्वपूर्ण

नेदरल्याण्ड्सले नेपाललाई दियो २२६ रनको चुनौती

  काठमाडौँ । आइसिसी विश्वकप लिग दुईअन्तर्गत आज भएको खेलमा नेदरल्याण्ड्सले नेपाललाई जितका