आठौँ अन्तर्राष्ट्रिय मेयरकप वैशाख दोस्रो सातादेखि



भोजपुर । आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयरकप फुटबल आगामी वैशाख दोस्रो सातादेखि सुरु हुने भएको छ ।
जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रत्येक वर्ष जिल्ला सदरमुकाममा सञ्चालन हुँदै आएको प्रतियोगिता यस वर्ष २०८२ वैशाख १४ देखि २० गतेसम्म सञ्चालन हुने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रविण सुवालले जानकारी दिए ।

भोजपुर नगरपालिका–७, कोदारस्थित रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा आठ टोलीले सहभागिता जनाउने छन् । प्रतियोगिता सञ्चालनका लागि भोजपुर नगरपालिकाले ३० लाख सहयोग गरेको छ ।

प्रतियोगिताका विजेता तथा उपविजेताले क्रमशः पाँच लाख र तीन लाख पुरस्कार पाउने छन् ।
सातौँ संस्करणमा चर्च व्वाइज युनाइटेड, काठमाडौँले त्रिभुवन आर्मी क्लबलाई हराउँदै विजेता बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीलाई बधाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइसिसी विश्वकप लिग–२ एकदिवसीय शृङ्खलामा नेपाल विजयी

नेदरल्यान्ड्सविरुद्ध नेपालको पाँच विकेटको जित

काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा जित निकालेको छ । नेपालले

गण्डकीको नीति तथा कार्यक्रममा खेल पूर्वाधार निर्माणमा पुरानैलाई निरन्तरता

गण्डकी । गण्डकी प्रदेश सरकारले पटकपटक नीति, कार्यक्रम र बजेटमा घोषणा गरेका महत्त्वपूर्ण

नेदरल्याण्ड्सले नेपाललाई दियो २२६ रनको चुनौती

  काठमाडौँ । आइसिसी विश्वकप लिग दुईअन्तर्गत आज भएको खेलमा नेदरल्याण्ड्सले नेपाललाई जितका