सोमबारदेखि तेस्रो लहान मेयर गोल्डकप फुटबल



सिरहा । लहान नगरपालिकाको सहयोगमा सोमबारदेखि ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ नाराका साथ तेस्रो लहान मेयर गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ ।

लहान–७ स्थित पशुपति आदर्श माध्यमिक विद्यायलको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा दश टोली सहभागी हुने आयोजक हिम कस्तुरी युवा क्लबका अध्यक्ष शम्भु चौधरीले जानकारी दिए । उनका अनुसार सोमबार उद्घाटन खेलमा झापा फुटबल क्लब र बारा एपिएच क्लबबीच प्रतिस्पर्धा हुने छ ।

प्रतियोगिताको विजेतालाई दुई लाख ११ हजार र उपविजेतालाई एक लाख ११ हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताका लागि लहान नगरपालिकाले २० लाख सहयोग गरेको आयोजक संस्थाले जनाएको छ ।

दोस्रो लहान मेयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि वीरगञ्ज युनाइटेडले जितेको थियो । सो प्रतियोगितमाा सलहेश युवा क्लब, सिरहा उपविजेता बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीलाई बधाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइसिसी विश्वकप लिग–२ एकदिवसीय शृङ्खलामा नेपाल विजयी

नेदरल्यान्ड्सविरुद्ध नेपालको पाँच विकेटको जित

काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा जित निकालेको छ । नेपालले

गण्डकीको नीति तथा कार्यक्रममा खेल पूर्वाधार निर्माणमा पुरानैलाई निरन्तरता

गण्डकी । गण्डकी प्रदेश सरकारले पटकपटक नीति, कार्यक्रम र बजेटमा घोषणा गरेका महत्त्वपूर्ण

नेदरल्याण्ड्सले नेपाललाई दियो २२६ रनको चुनौती

  काठमाडौँ । आइसिसी विश्वकप लिग दुईअन्तर्गत आज भएको खेलमा नेदरल्याण्ड्सले नेपाललाई जितका