प्रधानमन्त्री कप क्रिकेटः सशस्त्र प्रहरी र कर्णाली प्रदेशको जित



भैरहवा । रुपन्देही जिल्लामा जारी एकदिवसीय प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी र कर्णाली प्रदेशले जित निकालेका छन् । सशस्त्र प्रहरीले सुदूरपश्चिमलाई तीन विकेटले पराजित गरेको छभने कर्णालीले मधेस प्रदेशलाई ८१ रनको अन्तरले पराजित गरेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा एक सय ९२ रनको लक्ष्यसहित मैदान छिरेको सशस्त्र प्रहरी ३६ दशमलव तीन ओभरमा सात विकेट गुमाउँदै उक्त लक्ष्य हासिल गरेको थियो । सशस्त्रका लागि सन्दीप जोराले ५१ रन, आसिफ शेषले ३२ र लोकेश बमले १९ रन बनाए । बलिङमा सुदूरपश्चिमका शेर मल्ल, विकास अग्री र नारायण जोशीले समान दुई/दुई विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले ४८ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै एक सय ९१ रन बनाएको थियो । सुदूरपश्चिमका लागि निश्चल क्षेत्रीले अर्धशतकीय पारी खेल्दै ५७ रन बनाए । यस्तै प्रकाश पाण्डेले ४२ रन र किरण ठगुन्नाले १२ रन बनाए ।

बलिङमा सशस्त्र प्रहरीका रोहित पौडेल र अमर रौटेलाले समान तीन–तीन विकेट लिँदा भुवन कार्कीले दुई विकेट र अभिषेक गौतमले एक विकेट लिए । यससँगै सशस्त्र प्रहरी छ खेलमा चारमा जित, दुईमा हारसहित आठ अङ्क लिएर प्रतियोगिताको तेस्रो स्थानमा उक्लेको छभने सात खेल खेलेको सुदूरपश्चिम दुईवटा मात्र खेल जितेर चार अङ्कका साथ सातौँ स्थानमा झरेको छ ।

आजै सम्पन्न अर्को खेलमा कर्णालीले मधेस प्रदेशलाई ८१ रनले पराजित गरेको छ । रूपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा दुई सय २१ रन पछ्याएको मधेस प्रदेश ३५ दशमलव दुई ओभरमा आफ्ना सबै विकेट गुमाउँदै एक सय ३९ रनमा सीमित भएको थियो । मधेसका लागि रुपेश सिंहले ३०, विशाल पटेलले २५, हरिशङ्कर साहले १८ र शैलेन्द्र साहले १० रन बनाएका थिए ।

बलिङमा कर्णाली प्रदेशका दिनेश अधिकारीले चार र दिपेन्द्र रावतले तीन विकेट लिए भने प्रकाश जैसीले दुई र सुनिल धमलाले एक विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गर्दै कर्णालीले ४९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै दुई सय २० रन बनाएको थियो । कर्णालीका लागि दिपेन्द्र रावतले ६१ रन बनाए । यसैगरी अर्जुन घर्तीले २६, दिनेश अधिकारीले २४, प्रकाश जैसीले २० रन बनाए ।

बलिङमा मधेस प्रदेशका रुपेश सिंह, रञ्जित कुमार, हरिशङ्कर साह, कमल गुप्ता र अनिल साहले समान दुई÷दुई विकेट लिए । सात खेल खेलेको कर्णाली चार जितसहित आठ अङ्क जोडेको छभने छ खेल खेलेको मधेसले दुई खेलमा मात्र जित निकाल्दै चार अङ्क प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बहराइनलाई हराउँदै नेपाल आईसीसी महिला टी–२० विश्वकप छनोटको शीर्ष स्थानमा

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले बहराइनलाई ६ विकेटले हराएको

स्पेनिस ला लिगामा रियल म्याड्रिडको जित

काठमाडौं । स्पेनिस ला लिगाको खेलमा रियल म्याड्रिडले रियल मालोर्कालाई २–१ ले हराएको

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा समावेश नहुने

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफू नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौताअन्तर्गत नरहने

आइसिसी विश्वकप लिग–२ खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ(क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न