विश्वकप छनोटको तयारीमा रहेको नेपालले भारतको प्रान्तीय टिमसँग खेल्ने



 

काठमाडौँ । आइसिसी यु–१९ पुरुष विश्वकप क्रिकेट प्रतियोगिता छनोटको तयारीमा नेपालले भारतको प्रान्तीय टिम दिल्लीसँग अभ्यास खेल खेल्ने भएको छ ।

नेपालमा आयोजना हुने उक्त अभ्यास खेलमा तीन खेलको शृङ्खला खेलिने नेपाल क्रिकेट सङ्घ (क्यान)का प्रवक्ता छुम्बी लामाले जानकारी दिए । उनका अनुसार शृङ्खला यही चैत १२ देखि १६ गतेसम्म वीरगन्जस्थित नारायणी क्रिकेट रङ्गशालमा हुनेछ ।

पहिलो खेल चैत १२ गते हुने छभने दोस्रो खेल चैत १४ गते हुनेछ । त्यस्तै तेस्रो तथा अन्तिम खेल चैत १६ गते हुनेछ । यु–१९ विश्वकप एसिया छनोट यही चैत ३० गतेदेखि काठमाडौँमा हुने तय भएको प्रवक्ता लामाले बताए । उक्त प्रतियोगितामा नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब  इमिरेट्स (युएई) सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीलाई बधाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइसिसी विश्वकप लिग–२ एकदिवसीय शृङ्खलामा नेपाल विजयी

नेदरल्यान्ड्सविरुद्ध नेपालको पाँच विकेटको जित

काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा जित निकालेको छ । नेपालले

गण्डकीको नीति तथा कार्यक्रममा खेल पूर्वाधार निर्माणमा पुरानैलाई निरन्तरता

गण्डकी । गण्डकी प्रदेश सरकारले पटकपटक नीति, कार्यक्रम र बजेटमा घोषणा गरेका महत्त्वपूर्ण

नेदरल्याण्ड्सले नेपाललाई दियो २२६ रनको चुनौती

  काठमाडौँ । आइसिसी विश्वकप लिग दुईअन्तर्गत आज भएको खेलमा नेदरल्याण्ड्सले नेपाललाई जितका