‘नेसनल स्पोर्टस् क्लाइम्बिङ च्याम्पियनसिप’को तयारी पूरा



काठमाडौँ । नेपाल क्लाइम्बिङ स्पोर्टस एसोसिएसनको आयोजनामा यही चैत ८ र ९ गते हुने ‘वाङ्छु पिक प्रमोसन एण्ड मुसा मसला नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप–२०२५’ को तयारी पूरा भएको छ ।

आयोजकले बिहीबार विज्ञप्ति जारी गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । कामपा–१६ कालधारा पकनाजोलस्थित काठमाडौँ स्पोर्टस् क्लाइम्बिङ सेन्टरमा सञ्चालन हुने उक्त प्रतियोगितामा पुरुष १३ र महिला छ गरी कूल १९ खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिता उद्घाटन शुक्रबार बिहान ८ बजे हुनेछ । सुरुमा खेलाडीलाई प्रतियोगिताको स्वरुपबारे जानकारी गराइनेछ ।

त्यसपछि पुरुष र महिलाको ‘क्वालिफिकेसन राउण्ड’ सञ्चालन हुनेछ । जसबाट पुरुष आठ र महिला छ खेलाडी अन्तिम चरणमा छनोट गरिनेछ ।

दोस्रो दिन अन्तिम चरणका खेलहरु हुनेछ । पुरुष र महिला दुवैमा विजेताले रु ५० हजार, उपविजेताले ३० तथा तेस्रो हुनेले २० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिता स्पोर्टस् क्लाइम्बिङको अन्तरराष्ट्रिय महासङ्घ आइएफएससीको नियमअनुसार सञ्चालन गरिने आयोजकले जनाएको छ ।

यस प्रतियोगिताको आवश्यक प्राविधिक सहयोगीका रुपमा इन्डियन माउन्टेनिरिङ फाउण्डेसन (आइएमएफ) का चिफ रुट सेटर विवश रोए नेपाल आएका छन् ।

स्पोर्टर्स क्लाइम्बिङ खेलकुदका साथै साहसिक खेलकुद तथा खेलकुद पर्यटन क्षेत्रको विकासमा सहयोग गर्ने आयोजकको भनाइ छ । नेपालमा स्पोर्टस् क्लाइम्बिङको धेरै सम्भावना रहेकाले यो खेलको प्रवद्र्धन गर्नसके खेलाडीले अन्तर्राष्ट्रिय रुपमा राम्रो नतिजा ल्याउन सक्ने सङ्घको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीलाई बधाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइसिसी विश्वकप लिग–२ एकदिवसीय शृङ्खलामा नेपाल विजयी

नेदरल्यान्ड्सविरुद्ध नेपालको पाँच विकेटको जित

काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा जित निकालेको छ । नेपालले

गण्डकीको नीति तथा कार्यक्रममा खेल पूर्वाधार निर्माणमा पुरानैलाई निरन्तरता

गण्डकी । गण्डकी प्रदेश सरकारले पटकपटक नीति, कार्यक्रम र बजेटमा घोषणा गरेका महत्त्वपूर्ण

नेदरल्याण्ड्सले नेपाललाई दियो २२६ रनको चुनौती

  काठमाडौँ । आइसिसी विश्वकप लिग दुईअन्तर्गत आज भएको खेलमा नेदरल्याण्ड्सले नेपाललाई जितका