मादी राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताः आठ टोली फाइनलमा



किमाथाङ्का । सङ्खुवासभाको मादी नगरपालिकामा चौथो मादी राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगितामा आठ टोली फाइनलमा प्रवेश गरेका छन् ।

मादी नगपालिकाको आयोजनामा बिहीबारदेखि सुरु भएको प्रतियोगिताको तेस्रो दिन सेमिफाइनलका खेलहरू सम्पन्न भएका छन् ।

शनिबार ओखरबोटे बजारको कभर्डहलमा भएको सेमिफाइनल खेलबाट पुरुष डबल भेट्रान्सतर्फ पोखराका विशाल खड्का, मोरङका उत्तम सिम्खडा र सङ्खुवासभाका अमर विष्ट र राजु श्रेष्ठ फाइनलमा प्रवेश गरेका छन् । खुल्ला पुरुष डबलतर्फ उदयपुरका विनय चौधरी, मोरङका लाक्पा शेर्पा र सङ्खुवासभाका सुनिलजङ्ग कार्की भोजपुरका विशाल तामाङ फाइनल प्रवेश गरेका छन् ।

पुरुष डबस ‘बी’ डिभिजनतर्फ सङ्खुवासभाका दिनेश राई, दिवन तामाङ र सङ्खुवासभाका सन्दीप भगत र गङ्गालाल श्रेष्ठ फाइनल प्रवेश गरेका छन् । त्यसैगरी, महिला डबल उदयपुरका रोजी राई, सृष्टि राई र इलामकी निशामहाङ्मा सुब्बा र सङ्खुवासभाकी एलिना श्रेष्ठ फाइनल प्रवेश गरेका छन् ।

‘विकास, अनुशासन र गतिशीलताका लागि पृथक पहिचान, मादी नगरपालिकाको शान’ भन्ने नाराका साथ बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगितामा कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका विभिन्न राष्ट्रिय खेलाडीहरूको सहभागिता रहेको नगरप्रमुख जीवन लिङ्थेपले बताए।

पुरुष डबलतर्फका प्रथम, द्वितीय र तृतीय हुने दुई टोलीले ट्रफी, मेडल र प्रमाणपत्रसहित क्रमशः नगद रु ७५ हजार, रु ५० हजार र रु २०/२० हजार प्राप्त गर्नेछन् । पुरुष डबल भेट्रान्सतर्फका प्रथम, द्वितीय र तृतीय हुने दुई टोलीले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद रु ५० हजार, रु ३० हजार र रु १०/१० हजार प्राप्त गर्नेछन् ।

यस्तै, महिला डबलतर्फ प्रथम, द्वितीय र तृतीय हुने दुई टोलीले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद रु ४० हजार, रु ३० हजार र रु १०/ १० हजार प्राप्त गर्नेछ । ब्याडमिन्टन प्रतियोगितामा ५९ वटा टोलीले सहभागी भएका आयोजकले जनाएको छ । आइतबार प्रतियोगिताको समापन खेल हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मिल्स गोल्डकपको उद्घाटन खेलमा फ्युजन फुटबल क्लब विजयी

मोरङ । आइतबारदेखि विराटनगरमा सञ्चालित पाँचौँ संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको

राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिता सम्पन्न

  किमाथाङ्का । सङ्खुवासभाको मादी नगरपालिकाले आयोजना गरेको चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता

मेचीनगर गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

झापा । पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ

गोर्खा ट्रेल ब्लेजरको उपाधि लिम्बू र सेर्मालाई

धरान (सुनसरी)।  धरानमा भएको  तेस्रो गोर्खा ट्रेल ब्लेजर १० किलोमिटर खुल्ला दौड प्रतियोगिताको