चर्च ब्वाइजलाई हराउँदै मच्छिन्द्र मेचीनगर गोल्डकपको सेमीफाइनलमा
झापा । काँकडभिट्टा खेल मैदानमा जारी मेचीनगर गोल्डकपअन्तर्गत मंगलबार भएको खेलमा चर्च ब्वाइज युनाइनेटलाई १–० ले पराजित गर्दै मच्छिन्द्र फुटबल क्लव सेमीफाइनल प्रवेश गरेको छ ।
मच्छिन्द्रका लागि विदेशी खेलाडी युसुफ मलिकले पहिलो हाफको अतिरिक्त समयमा गोल गरेका थिए । खेलको अधिकांश समय बल पोजिशन राखेको मच्छिन्द्र थप गोल गर्न भने सकेन ।
मच्छिन्द्रका खेलाडीले पाएका दर्जन अवसरहरू गुमाएपछि परिचित प्रतिद्वन्द्वी एपीएफसँग सङ्घर्षपूर्ण जित निकाल्दै सेमीफाइनल प्रवेश गरेको हो ।
एपिएफका प्रशिक्षक तोप विष्टले लगातार भइरहेका प्रतियोगितामा सहभागि हुन परेका कारण अपेक्षित खेल प्रदर्शन हुन नसकेको बताउनुभयो । खेलको प्लेयर अफ द म्याच मच्छिन्द्रका निर्णायक गोलकर्ता युसुफ मलिक भएसँगै नगद रु ११ हजार पुरस्कारस्वरूप पाएका छन् ।
बुधबार हुने पहिलो सेमीफाइनल खेल आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र धरान फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।
फाइनल खेलको विजेताले नगद रु १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद रु पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्ने छ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद रु ५१ हजार र ट्रफी पाउँदा उच्च गोलकर्ताले नगद रु २५ हजार र ट्रफी पाउने छन् ।