प्रधानमन्त्री कप क्रिकेट : मधेसद्वारा कोशी प्रदेश पराजित



धनगढी । भैरहवामा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले कोसी प्रदेशलाई १६५ रनको फराकिलो अन्तरले पराजित गरेको छ। जारी प्रतियोगितामा मधेसको यो पहिलो जित हो भने कोशीको यो दोस्रो हार हो।

भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको मधेस प्रदेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २८४ रन बनायो। दुई सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा कोशी प्रदेशको पारी ३३ ओभरमा ११९ रनमा समेटियो।

मधेस प्रदेशका लागि कप्तान अनिल साह, पवन सर्राफ र दीपेश दासले उत्कृष्ट खेल प्रदर्शन गरे। तीनै जनाले अद्र्धशतकीय पारी खेले। अनिलले ७५ बलमा १० चौकाको मद्दतमा ७५ रन बनाए।

यस्तै पवनले ८५ बलको सामना गर्दै दुई छक्का र ११ चौकाको सहयोगमा ९२ रन बनाए। दीपेशले ६० बल खेल्दै एक छक्का र ७ चौकाको सहयोगमा अविजित ५६ रनको योगदान दिए। हरिशङ्कर साहले २९ रन बनाए।

बलिङतर्फ कोशी प्रदेशका प्रकाश कार्की र विपिन महतोले दुई दुई तथा फिरदोस अन्सारी र दीपेश कँडेलले एक विकेट लिए। बयानब्बे रन बनाएका पवन खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए।

यसैगरी कोशीका लागि ब्याटिङ गर्ने क्रममा साकिब हकले २५, सुजन थपलियले २४, फिर्दोश अन्सारीले २१ र दीपेश कँडेलले २० रन बनाए। बलिङतर्फ मधेस प्रदेशका रुपेश सिंह एक्लैले ५ विकेट लिए।
यस्तै राजेश यादवले तीन तथा हरिशङ्कर साह र प्रदीप पासवानले एक एक विकेट लिए। सिद्धार्थ क्रिकेट रङ्गशालामा बुधबार त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटः नेपाल नामिबियासँग पराजित

काठमाडौं । महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल नामिबियासँग पराजित भएको छ । युगान्डाको

नेपाललाई नामिबियाले दियो १२६ रनको लक्ष्य

काठमाडौँ । यास्मिन खानको उत्कृष्ट ब्याटिङसँगै नामिबियाले महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गन आजको

बिपी वाटिकामा कभर्डहल निर्माण

तनहुँ । व्यास नगरपालिका-३ स्थित बिपी वाटिकामा  ९६ लाख ६३ हजार सात सय

चर्च ब्वाइजलाई हराउँदै मच्छिन्द्र मेचीनगर गोल्डकपको सेमीफाइनलमा

झापा । काँकडभिट्टा खेल मैदानमा जारी मेचीनगर गोल्डकपअन्तर्गत मंगलबार भएको खेलमा चर्च ब्वाइज