चर्च ब्वाइज मेचीनगर गोल्डकपको सेमिफाइनलमा



झापा । काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकपअन्तर्गत आइतबार भएको खेलमा झापा एफसीलाई ‘सडनडेथ’मा हराउँदै चर्च ब्वाइज युनाइटेड विजयी भएको छ ।

जितसँगै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णयका लागि ‘टाइब्रेकर’मा खेल धकेलिएको थियो । टाइब्रेकरमा ४–४ गोलको बराबरी भएपछि सडनडेथमार्फत खेलको निर्णय भएको थियो ।

टाइब्रेकरमा चर्च ब्वाइजका राजेश परियार, जय गुरुङ, एकराज बुढाथोकी र रिचार्ड विल्सनले गोल गरेका थिए । झापा एफसीका तर्फबाट रोशन पहारी, प्रवीन बस्नेत, बाफोर र गौरव धिमालले गोल गरेका थिए ।

यसअघि खेलको ६९औँ मिनेटमा चर्च ब्वाइजका लागि विदेशी खेलाडी रिचार्डले गोल गरेका थिए । खेलको ९०औँ मिनेटमा झापा एफसीका श्याम मुर्मुले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए । खेलको ‘प्लेयर अफ दी म्याच’ चर्च ब्वाइजका गोलरक्षक टिकेन्द्र थापा भए । उनले रु ११ हजार पुरस्कार प्राप्त गरे । सोमबार धरान एफसी र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबीच खेल हुनेछ ।

प्रतियोगिताको विजेता टोलीले रु १० लाख तथा उपविजेता टोलीले रु पाँच लाख र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा नेपालका ६ सहित भारत र उज्वेकिस्तानको टोली सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विराट गोल्डकपमा आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा

विराटनगर । विराटनगरमा जारी नवौँ संस्करणको रमपम विराट गोल्डकपमा थ्रीस्टार क्बल फाइनलमा पुगेको

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अब यो पुगेन, त्यो भएन भनेर तलमाथि गर्ने छुट छैनः खेलकुदमन्त्री चौधरी

कर्णाली । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अब कुनै पनि सर्त र बहानामा

महिला टि -ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाल विजयी

काठमाडौं । चार देशीय महिला टि -ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएको छ