केन्याली धावकलाई ‘धरान रन’को उपाधि



धरान। केन्याली धावकद्वय विल्सन चियुलियोट र शरन जेरोटिसले ‘धरान रन’को उपाधि चुमेका छन् । शनिबार सम्पन्न १३औँ धरान १० किलोमिटर रनमा उनीहरूले उपाधि चुमेका हुन् ।

दश किलोमिटर दौड चियुलियोटले ३० मिनेट ५५ सेकेण्डमा पूरा गरेभने जेरोटिसलाई उक्त दूरी पूरा गर्न ३८ मिनेट ४२ सेकेण्ड लागेको थियो ।

धावकद्वयलाई नगद ६० हजार पुरस्कार प्रदान गरिएको छ । पुरुषतर्फ जुलियस मार्युकीले ३१ मिनेट ८ सेकेण्डमा दौड पूरा गरेभने महिलातर्फ सुमित्रा कुमारी चौधरीले ३९ मिनेट २८ सेकेण्डमा दौड पूरा गरेर दोस्रो स्थान सुनिश्चित गरिन् । उनीहरूलाई पनि समान नगद ४० हजार पुरस्कार प्रदान गरिएको छ ।

धावक दुर्गा बुद्धले ३२ मिनेट ४४ सेकेण्ड र दिपा परियारले ३९ मिनेट ५९ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरे । उनीहरुलाई नगद ३० हजार प्रदान गरिएको थियो । प्रतियोगितामा चार हजार धावक सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मच्छिन्द्र क्लबलाई इटहरी गोल्डकपको उपाधि

  धरान । पन्ध्रौँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रिकेट इटहरी गोल्डकपको उपाधि मच्छिन्द्र फुटबल

भद्रपुर झापा गोल्डकपः झापा–११ सेमिफाइनल प्रवेश

  झापा । झापा–११ दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ

एसपिए कैलाली प्रिमियर लिग–३ : पहिलो खेलमा भिमदत्त नगरपालिकाको टोली विजयी

  कैलाली । धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग–३ मा समूह ‘डी’ अन्तर्गतको

बागमती गोल्ड कपमा थ्री स्टारलाई हराउँदै मच्छिन्द्र क्लब फाइनलमा

  मकवानपुर । बागमती गाउँपालिकामा जारी सातौँ संस्करणको बागमती गोल्ड कप राष्ट्रिय फुटबल