बङ्गलादेशी क्रिकेटरलाई भ्रष्टाचारको आरोपमा पाँच वर्षको प्रतिबन्ध



दुबई । बङ्गलादेशकी अन्तर्राष्ट्रिय खेलाडी सोहेली अख्तरलाई आइसिसीको भ्रष्टाचार विरोधी संहिताको पाँचवटा उल्लङ्घन गरेको स्वीकार गरेपछि पाँच वर्षका लागि सबै प्रकारका क्रिकेटबाट प्रतिबन्धित गरिएको खेलको नियामक निकायले जनाएको छ ।

अख्तरले सन् २०२३ मा दक्षिण अफ्रिकामा भएको महिला टी–२० विश्वकपमा एक बङ्गलादेशी खेलाडीलाई हिट विकेट आउट हुन १३ हजार पाउन्ड (१६ हजार डलर) को प्रस्ताव गरेका थिए । नाम नखुलाइएकी खेलाडीले अख्तरका बारेमा रिपोर्ट गरेकी थिइन् । उनी त्यो प्रतियोगितामा संलग्न थिइनन् ।

बङ्गलादेश क्रिकेट बोर्डका निर्देशक तथा महिला विभाग प्रमुख नजमुल आबेदिन फहिमले अख्तरको कार्य ‘दुर्भाग्यपूर्ण’ भएको बताइन् ।

‘हामी यस विषयमा शून्य सहनशीलताको नीति अपनाउँछौँ र बङ्गलादेश क्रिकेटका सबै तहमा फिक्सिङ रोक्न कडा प्रयास गरिरहेका छौँ’, फहिमले भनिन् ।

छत्तीस वर्षीया स्पिनर अख्तरले आफ्नो देशका लागि १३ टी–२० र दुई एकदिवसीय खेल खेलेका छन् । उनले सन् २०२२ मा बङ्गलादेशका लागि अन्तिम पटक खेलेका थिए ।

आरोपहरू मध्ये अख्तरले आफ्नो आचरणको अनुसन्धानमा ढिलाइ वा बाधा पुर्‍याएको पनि स्वीकार गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
घाइते नेइमार ब्राजिलको विश्वकप छनोटमा नखेल्ने

ब्राजिल । ब्राजिलका स्टार स्ट्राइकर नेयमार जाँघको चोटका कारण सन् २०२६ मा हुने

मेचीनगर गोल्डकपको उपाधिका लागि आयोजक काँकडभिट्टा र चर्च ब्वाइज भिड्ने

झापा । काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार आयोजक

पारा एथलेटिक्स टोली स्वदेश फिर्ता

काठमाडौँ । नेपाली टोली विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी भइ आज स्वदेश

‘छैटौँ एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’को दुई विधाको मनोनयन सार्वजनिक

सुदूरपश्चिम । यही चैत ७ गते धनगढीमा आयोजना गर्न लागिएको ‘छैटौँ एसपीए सुदूरपश्चिम