अन्तर्राष्ट्रिय म्याराथनको लागि गैरआवासीय नेपाली संघद्वारा ७ लाख ५० हजार सहयोग प्रदान



काठमाडौं । गैरआवासीय नेपाली संघ (अन्तर्राष्ट्रिय समन्वय परिषद्) द्वारा नेपाल भूतपूर्व खेलाडी मन्चको आयोजनामा हुने अन्तर्राष्ट्रिय म्याराथनको लागि ७ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ ।

पोखरा महानगरपालिका मेयर धनराज आचार्य र नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष डिलकाजी गुरूङलाई उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका महिला सचिव राधिका गुरूड (टीका), आइसीसी सदस्य डिलरास गुरूड र सल्लाहकार सूर्य गुरूडलगायतको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा महिला राधिका गुरूड (टीका) ले भनिन्, ‘हामी सबैको साझा उद्देश्य भनेको नेपाली खेलकुदको क्षेत्रमा योगदान पुर्याउनु हो, र यस कार्यक्रमलाई सफल बनाउन हामी प्रत्येकको प्रयास महत्वपूर्ण छ ।’

नेपाल भूतपूर्व खेलाडी मञ्चले आगामी १५ फागुनमा पोखरा अन्तर्राष्ट्रिय म्याराथन आयोजना गर्ने योजनामा रहेको छ, जसले पोखरा र नेपालको खेलकुदको प्रतिष्ठा विश्वभर फैलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मिल्स गोल्डकपको उद्घाटन खेलमा फ्युजन फुटबल क्लब विजयी

मोरङ । आइतबारदेखि विराटनगरमा सञ्चालित पाँचौँ संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको

राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिता सम्पन्न

  किमाथाङ्का । सङ्खुवासभाको मादी नगरपालिकाले आयोजना गरेको चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता

मेचीनगर गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

झापा । पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ

मादी राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताः आठ टोली फाइनलमा

किमाथाङ्का । सङ्खुवासभाको मादी नगरपालिकामा चौथो मादी राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगितामा आठ टोली