पत्रकार र युवा सङ्घबीच भएको फुटबल प्रतियोगिता बराबरीमा



ललितपुर । केपी ओली कप अन्तर्राष्ट्रिय फूटबल प्रतियोगिताको प्रचारप्रसारका लागि खेलकुद पत्रकार र युवा सङ्घ नेपालबीच भएको खेल बराबरीमा टुङ्गिएको छ ।

यही फागुन ११ गतेदेखि १९ गतेसम्म हुने तेस्रो संस्करणअन्तर्गतको प्रतियोगिताको प्रचारप्रसारका लागि मंगलबार एन्फा खेलमैदान सातदोबाटोमा भएको खेल ४ –४ गोलको बराबरीमा टुङ्गिएको हो ।

आज नेकपा एमालेका नेता भानुभक्त ढकालले रेफ्रीलाई फुटबल हस्तान्तरण गर्दै खेल शुभारम्भ गरेका थिए ।

प्रतियोगितामा ‘ए’ डिभिजन क्लब र केही विदेशीसहित १० टोलीको सहभागिता रहने युवा सङ्घले जनाएको छ । विजेताले १५ लाख ११ हजार १११, उपविजेताले र पाँच लाख प्राप्त गर्ने युवा सङ्घका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए। प्रतियोगिताको क्वाटरफाइनलसम्मका खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा तथा सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उनले जानकारी दिए ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई एक लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट उदियमान खेलाडीलाई ५०–५० हजार दिइने युवा सङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटः नेपाल नामिबियासँग पराजित

काठमाडौं । महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल नामिबियासँग पराजित भएको छ । युगान्डाको

नेपाललाई नामिबियाले दियो १२६ रनको लक्ष्य

काठमाडौँ । यास्मिन खानको उत्कृष्ट ब्याटिङसँगै नामिबियाले महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गन आजको

बिपी वाटिकामा कभर्डहल निर्माण

तनहुँ । व्यास नगरपालिका-३ स्थित बिपी वाटिकामा  ९६ लाख ६३ हजार सात सय

चर्च ब्वाइजलाई हराउँदै मच्छिन्द्र मेचीनगर गोल्डकपको सेमीफाइनलमा

झापा । काँकडभिट्टा खेल मैदानमा जारी मेचीनगर गोल्डकपअन्तर्गत मंगलबार भएको खेलमा चर्च ब्वाइज