प्रमुख प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता नविकरण नगर्ने क्यानको निर्णय



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले प्रमुख प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता नवीकरण नगर्ने भएको छ । क्यान र देसाईबीचको आपसी सहमतिमा सम्झौता नवीकरण नगरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिएका छन् । भारतीय क्रिकेटर देसाईलाई क्यानले २०७९ माघ २३ मा प्रमुख प्रशिक्षक नियुक्त गरेको थियो ।

उनी प्रमुख प्रशिक्षक भएर आउँदा नेपाली टिम आईसीसी विश्वकप लिग २ मा खराब अवस्थाबाट गुज्रिरहेको थियो । देसाईकै प्रशिक्षणमा नेपालले लिगका पछिल्ला १२ मध्ये ११ खेलमा जित निकाल्दै विश्वकप ग्लोबलमा छनोट भएको थियो भने मात्र एक दिवसीय मान्यता पनि जोगाएको थियो । देसाईको पालामा नेपालले क्रिकेटमा पाएको सबैभन्दा ठूलो उपलब्धि टी २० विश्वकपमा छनोट र एसिया कपमा छनोट हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एउटै व्यक्ति चार-पाँच पटकसम्म प्रधानमन्त्री हुने संस्कार र प्रवृत्ति गलत छ

काठमाडौँ ।  मैले दुई पटकमन्त्री भएर जनताको सेवा गर्ने मौका पाएकी छु ।

गाडीको ठक्करबाट उदयपुरमा सडक छेउमा उभिएका दिदीबहिनीको मृत्यु

उदयपुर । उदयपुर सदरमुकाम गाईघाटस्थित डिएमगेट नजिकै त्रियुगा बसपार्क जाने सडकखण्डमा जिपको ठक्करबाट

मुस्लिमहरूको एक महिने रमदान व्रतको परिचय र धार्मिक महत्व

आइजज अहमद खान, क्यानडा हरेक वर्ष, जब पवित्र रमजान महिनाको आगमन नजिकिन्छ, संसारभरिका

रङ्गहरुको पर्व होली सुरु, बसन्तपुरमा ठड्याइयो चीर

काठमाडौं । रङ्गहरुको पर्व होली सुरु भएको छ । शुक्रबार काठमाडौंको बसन्तपुरमा रङ्गीचङ्गी