चितवन एनपीएलबाट बाहिरियो, कर्णाली दोस्रो क्वालिफायरमा प्रवेश



काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटरको खेलमा कर्णाली याक्स विजयी भएको छ । बुधबार त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजलाई २१ रनले हराउँदै कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो ।

कर्णालीले दिएको १७६ रनको विशाल लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन मात्रै बनायो । चितवनका लागि ब्याटिङतर्फ रबि बोपराले अर्धशतकीय पारी खेले ।

उनले ३४ बलमा ५३ रन बनाएर आउट भए । त्यस्तै, कप्तान कुशल मल्ल २१, विपिन रावल १८, ल्युक बेन्केनस्टेनले १७ रन बनाए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७५ रन बनाएको थियो ।

हारसँगै चितवन एनपीएलबाट बाहिरिएको छ भने कर्णालीले दोस्रो क्वालिफायर सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच पराजित हुने टोलीसँग बिहीबार खेल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनकपुरलाई आठ विकेटले पराजित गर्दै सुदूरपश्चिम एनपीएलको फाइनलमा

काठामाडौँ । नेपाल प्रिमियर लिग(एनपीएल) मा जनकपुर बोल्टसलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स फाइनलमा

एनपीएलमा कर्णालीले चितवनलाई दियो एक सय ७६ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)मा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको

पोखरामा पुस १३ देखि दोस्रो संस्करणको ड्रागन बोट रेस प्रतियोगितामा २० समूहको सहभागिता रहने

पोखरा । पोखरामा दोस्रो संस्करणको नेपाल चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगिताको तयारी

एनपीएल क्रिकेटः अझ रोमाञ्चक बन्दै

राजु सिलवाल । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अत्यन्त प्रतिस्पर्धात्मक तथा