नेपाल ताजकिस्तानसँग चार शून्यले पराजित



काठमाडौं । ताजकिस्तानमा भएको थ्री नेसन्स मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले घरेलु टोलीसँग फराकिलो अन्तरले पराजित भएको छ ।

बुधबार राति ताजकिस्तानको दुसान्वी सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपाल ताजकिस्तानसँग ४–० को फराकिलो अन्तरले पराजित भएको हो ।

ताजिकिस्तानलाई जित दिलाउन अलिशेर ड्जहालिलोभ र शेर्भोनी माबात्शोएभले समान एक÷एक गोल गरे । खेलको १९ औं मिनेटमा शेर्भोनीले गोल गर्दै ताजिकिस्तानलाई शुरुवाती अग्रता दिलाएका थिए । २९ औं मिनेटमा अलिशेरले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

४५ औं मिनेटमा शेर्भोनीले व्यक्तिगत दोस्रो गोल गर्दै ताजिकिस्तानलाई पहिलो हाफमा ३–० गोलको अग्रता दिलाएका थिए ।

५० औं मिनेटमा अलिशेरले गोल गर्दै ताजिकिस्तानलाई ४–० गोलको स्थितिमा ल्याएका थिए । अब नेपालले दोस्रो खेल मंसिर १ गते अफगानिस्तानसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ

कास्की। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटनसहित

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपिएफलाई

कैलाली । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगीताको उपाधि एपिएफ

‘राइट टु प्रोटिन’ हाफ म्याराथनमा सन्तोषी र राजन प्रथम

काठमाडौँ। मुलुककै सबैभन्दा धेरै खेलाडीको सहभागिता रहेको चौथो संस्करणको ‘राइट टु प्रोटिन’ दौड

मच्छिन्द्र क्लब सभापति कप फुटबलको सेमिफाइनलमा

  काठमाडौँ । सभापति कप पुरुष फुटबल प्रतियोगितामा मच्छिन्द्र क्लबले एपिएफ क्लबलाई पराजित