१५ लाखमा ललितनारायण जनकपुरमा बिक्री
काठमाडौं । नेपाली टोलीका स्पिनर ललितनारायण राजवंशी १५ लाख रुपैयाँमा बिक्री भएका छन् । उनी ग्रेड ए क्याटोगोरीमा थिए । उनलाई किन्न आठै टोलीमा इच्छा देखाएका थिए । तर, बिड १५ लाखसम्म पुगेपछि गोलप्रथाबाट उनी जनकपुर बोल्ट्समा पुगेका हुन् ।