एनपीएलका लागि राखेपमा हेल्प डेस्क स्थापना



काठमाडौ । नेपाल क्रिकेट संघ (कयान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपीएल) लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा हेल्प डेक्स स्थापना गरिएको छ । राष्ट्रिय खेल संघले नेपालमा आयोजना गर्ने अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा डेक्सले आवश्यक समन्वय गर्ने राखेप सदस्य–सचिव टंकलाल घिसिङले बताए ।

डेक्सको उद्घाटन गर्दै सदस्य–सचिव घिसिङले विदेशी खेलाडीहरुका लागि आवश्यक पर्ने सम्पूर्ण प्रक्रियामा डेक्सले काम गर्ने जानकारी दिए । क्यानको कार्यक्रमलाई आवश्यक समन्वयका लागि सुरु गरेको डेक्सले सबै प्रकारका अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहजिकरण गर्ने भन्दै विशेष कार्यक्रममा समन्वयका लागि डेक्स स्थापना गरिएको जानकारी दिए ।

क्यानले आगामी मंसिर १५ देखि पुस ७ गतेसम्म एनपीएल सञ्चालन गर्दै छ । एनपीएल व्यवस्थापन डेक्सले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको लिग तथा फ्रेन्चाईज लिग सन्चालन तथा आयोजना सम्बन्धी कार्य गर्ने गरी डेक्स स्थापना गरिएको हो ।
डेक्स उद्घाटन कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव पारश खड्काले राखेपले सुरु गरेको लिग व्यवस्थापन डेक्समार्फत लिग सम्पन्न गराउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे।

राखेपले प्रशासकीय अधिकृत सानुराजा केसी संयोजक रहने गरि प्रशासकिय अधिकृत धन शाही र लेखापाल खेमशंकर अधिकारी सदस्य रहेको तीन सदस्यीय डेक्स स्थापना गरेको खेलकुद विकास विभाग प्रमुख सरोज पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साफ महिला च्याम्पियनसिपको बन्द प्रशिक्षणका लागि बोलाइए ४० खेलाडी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले हुने साफ महिला च्याम्पियनसिपको लागि

आर्मीसँग वालिङ आठ गोलले पराजित

  काठमाडौँ । राजधानीमा जारी एन्फा महिला लिग फुटबल प्रतियोगितामा चन्द्रा भण्डारीको ‘ह्याट्रिक’मा

करातेमा रजत पदक विजेता एरिकालाई विमानस्थलमा भव्य स्वागत

काठमाडौँ ।  सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङ मंगलबार स्वदेश फर्कएकी

५१ औँ थाक खेलकुद प्रतियोगिताको उपाधि लेते र टुकुचेलाई

म्याग्दी ।  ५१औँ थाक खेलकुद प्रतियोगिताको उपाधि निर्मल स्पोटिङ लेते र निलगिरि युवा