टी-२० एसिया कपमा सहभागी हुने एपिएफका क्रिकेट खेलाडीको बिदाइ



काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले महिला टी–२० एसिया कपमा सहभागी हुने नेपाल एपिएफ क्लबका राष्ट्रिय क्रिकेट खेलाडीलाई आज बिदाइ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक काठमाडौँमा आज सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उनीहरुलाई बिदाइ गर्दै उत्कृष्ट खेल प्रदर्शनका लागि शुभकामना दिए ।

समारोहमा महानिरीक्षक अर्यालले खेलाडीहरुलाई खेलमैदानमा उत्रिँदा जित्छु र गर्न सक्छु भन्ने भावनाका साथ उत्कृष्ट प्रदर्शन गर्न सकियो भने राष्ट्रको नाम उचाइमा पु¥याउन सकिने बताए । उनले खेलाडीहरुको वृत्तिविकासका लागि सङ्गठन सदैव तत्पर रहेको बताए । बिदाइ हुने खेलाडीमा सीता रानामगर, राजमती ऐरी, इन्दु बर्मा, रोमा थापा र ममता चौधरी रहेका छन् । प्रतियोगिता यही साउन ४ देखि १३ गतेसम्म श्रीलङ्कामा सञ्चालन हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एन्फाले सिस्नेरीमा पहिरोमा परी मृत्यु भएका ६ खेलाडीका परिवारलाई जनही ८ लाख दिने

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा पहिरोमा परी मृत्यु भएका ६ खेलाडीका प्रत्येक

एनपिएल अक्सनः अनिल जनकपुरमा अनुबन्ध

  काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको अक्सनमा विकेट किपर

१५ लाखमा ललितनारायण जनकपुरमा बिक्री

काठमाडौं । नेपाली टोलीका स्पिनर ललितनारायण राजवंशी १५ लाख रुपैयाँमा बिक्री भएका छन्

ललितपुरलाई पराजित गर्दै कर्णालीलाई एभरेस्ट महिला भलिबल लिगको उपाधि

काठमाडौं । महिला भलिबल फ्रेन्चाइज लिग एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णालीले जितेको