यु–२० महिला भलिबल टोली घोषणा



 

काठमाडौँ । नेपाल भलिबल सङ्घले काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा सहभागी हुने टोली घोषणा गरेको छ ।

टोलीमा बागमती प्रदेशका ६, लुम्बिनी प्रदेशका ४ तथा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबाट समान १–१ खेलाडी गरी १२ सदस्य छनोट भएको नेपाल भलिबल सङ्घका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले जानकारी दिए ।

टोलीमा बागमतीबाट जेनिशा विक, अनिशा मानन्धर, एन्जिला मानन्धर, निशा महर, सलिना बुढा मगर र भावना तामाङ रहेका छन् । यस्तै लुम्बिनीका निशा चौधरी, अनुषा चौधरी, मिना सुनार र आरती चौधरी छनोट तथा  सुदूरपश्चिमबाट स्नेहा ठगुन्ना र गण्डकीबाट आशिका क्षेत्री टोलीमा समेटिएका छन् ।

टोलीको मुख्य प्रशिक्षकमा कुमार राई र सहायक प्रशिक्षकमा अर्जुन घिमिरे तथा व्यवस्थापकमा जुनु पुनमगर रहेका छन् । प्रतियोगिता यही असार ३१ गतेदेखि साउन ९ गतेसम्म माल्दिभ्सको मालेमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ललितपुरलाई पराजित गर्दै कर्णालीलाई एभरेस्ट महिला भलिबल लिगको उपाधि

काठमाडौं । महिला भलिबल फ्रेन्चाइज लिग एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णालीले जितेको

महिला टोली नेपाल एसिया रग्बी इमिरेट्स सेभेन्समा श्रीलंकासँग पराजित

काठमाडौं । घरेलु महिला टोली नेपाल एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा

अभ्यास खेलमा नेपाल क्यानडासँग पराजित

काठमाडौं । क्यानडामा रहेको नेपालले खराब प्रदर्शनलाई निरन्तरता दिएको छ । शुक्रबार राति

पुलिस एन्फा लिगको दोस्रो चरणमा प्रवेश

काठमाडौँ  ।  एन्फा महिला लिग–२०२४ फुटबल प्रतियोगताअन्तर्गत पहिलो चरणको अन्तिम खेलमा नेपाल पुलिस