भरतपुर महानगरद्वारा क्रिकेटर सन्दीप लामिछानेको सम्मान



 

चितवन । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई भरतपुर महानगरपालिकाले सम्मान गरेको छ ।

मंगलबार एक कार्यक्रमको आयोजना गरी  उनलाई नगद  एक लाखसहित सम्मान गरिएको हो । उनलाई महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

त्यस अवसरमा  नगरप्रमुख दाहालले खेलाडीको सम्मानले उनीहरू खेलप्रति   अझ प्रोत्साहित हुने विचार व्यक्त गर्दै भरतपुर महानगरपालिकाले खेलाडी सम्मानलाई प्राथमिकतामा राखेको बताइन् । भरतपुर महानगरपालिकाले रङ्गशाला निर्माणदेखि खेलक्षेत्रमा सक्दो सहयोग गर्दै आएको उनले आएको बताइन् ।

जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सुदीप पियाले खेलक्षेत्रको विकासका लागि महानगरले निर्वाह गरेको भूमिकाको सराहना गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एपीएफ र सुदूरपश्चिमलाई बास्केटबल प्रतियोगिताको उपाधि

काठमाडौं । नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले पारा तथा विशेष खेलकुदअन्तर्गत ह्वीलचेयर

रूसी कुस्ती खेलका ‘पहलवान’द्वारा ओलम्पिकको निमन्त्रणा अस्वीकार

यस ग्रीष्मकालीन ओलम्पिक खेलहरूमा भाग लिन अनुमति दिइएका रूसी कुस्ती खेलाडीहरूले निमन्त्रणा अस्वीकार

एसिया कप खेल्न जाने नेपाली टोलीलाई बिदाई

काठमाडौं । एसीसी महिला एसिया कप खेल्न जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई

फ्रान्स र स्पेन युरोकप फुटबलको सेमिफाइनलमा

काठमाडौं । फ्रान्स र स्पेन युरोकप फुटबलको सेमिफाइनलमा पुगेका छन् । गएराति जर्मनीको