यु–१९ राष्ट्रिय भलिबलमा सुदूरपश्चिम समूह सेमिफाइनलमा



बैतडी । प्रथम सहाना प्रधान स्मृति यु–१९ राष्ट्रिय भलिबल प्रतियोगितामा सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ ।

लगातार तेस्रो जित निकाल्दै समूह ‘ए’ को विजेताको रूपमा सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश गरेको हो । समूह चरणको अन्तिम खेलमा बिहीबार सुदूरपश्चिमले बागमती प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुल परिषद् (राखेप) कभर्डहलमा सम्पन्न खेलमा सुदूरपश्चिमले २५–२१, २५–१३, २५–१४ ले तीनै सेट आफ्नो पक्षमा पार्यो । लगातार तेस्रो जितसँगै समूह ‘ए’ को सुदूरपश्चिमले तीन खेलमा नौ अङ्क जोडेको छ । पहिलो पराजय ब्यहोरेको बागमती पनि समान खेलबाट ६ अङ्कका साथ उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको छ ।

अब सेमिफाइनलमा सुदूरपश्चिमले भोलि गण्डकी र बागमतीले लुम्बिनीको सामना गर्नेछन् । टीम ब्यालेन्स र बलियो रहेकोले उपाधि जित्ने लक्ष्य रहेको सुदूरपश्चिमका प्रशिक्षक दीपेन्द्र भट्टको दाबी छ । प्रतियोगितामा देशका सबै प्रदेशका टोलीको सहभागिता रहेको छ । प्रथम हुने टोलीले तीन लाख नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोपा अमेरिका फुटबलमा कोलम्बिया र ब्राजिल क्वाटरफाइनलमा

काठमाडौं । कोलम्बिया र ब्राजिल कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेका छन् । बुधबार बिहान

भारत्तोलनमा चार नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौँ । पारा तथा विशेष खेलकुदअन्तर्गत भारत्तोलनमा मंगलबार चार नयाँ राष्ट्रिय कीर्तिमान बनेका

भरतपुर महानगरद्वारा क्रिकेटर सन्दीप लामिछानेको सम्मान

  चितवन । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई भरतपुर महानगरपालिकाले सम्मान गरेको

फ्रान्स र पोर्चुगल युरोकपको क्वाटरफाइनमा

काठमाडौं । फ्रान्स र पोर्चुगल युरोकपको क्वाटरफाइनमा प्रवेश गरेका छन् । गएराति भएको