वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि तयार छौंः कप्तान पौडेल



काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु मैदानमा खेल्ने श्रृंखलाका लागि टोली तयार रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कप्तान पौडेलले एसीसी प्रिमियिर कपमा सोचेजस्तो प्रदर्शन गर्न नसकेकोमा सिंगो टोली नै चिन्तित रहेको भएपनि वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि तयार रहेको बताए ।

उनले भने, ‘एसीसी प्रिमियर कपमा सुरुदेखि नै एकदम राम्रो भइरहेको थियो । समूह चरणमै धेरै कुरा हामीले पाइसकेका थियौं । पहिलो चार वटा खेलहरुमा हामी सबैको राम्रो देखिरहेको थियो । सेमिफाइनल हारेपछि चाहिँ अलि निराश भयौं । तर हामी बलियो भएर तेस्रो स्थानका लागि सबै जना तयार थियौं । बट दुई वटा गेम हारियो । त्यो निराशा लिएर बस्नुभन्दा आउने टुर्नामेन्टका लागि हामी तयार छौं वेस्ट इन्डिजसँग राम्रो प्रदर्शन गर्छौं । बेस्ट दिन रेडि छौं ।’

पछिल्लो एक वर्षसम्म टोलीले राम्रो प्रदर्शन गरिरहेको भएपनि एसीसी प्रिमियर कपमा त्यो गति समात्न नसकेको पौडेलको भनाइ छ ।
अगामी मे मा हुने टि–२० विश्वकपको तयारी स्वरुप नेपाल र वेस्ट इन्डिज ए बीच शनिबारदेखि पाँच खेलको श्रृंखला हुन लागेको हो ।

शृंखलामा सहभागी हुने वेस्ट इन्डिजको टोली बुधबार नै काठमाडौं आइपुगेको छ । वेस्ट इन्डिजको टोलीले शुक्रबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नियमित अभ्यास पनि गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ