टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी



 

काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती प्रदेशलाई पराजित गर्दै विजयी भएको छ ।

मूलपानी क्रिकेट मैदानमा शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमले बागमतीलाई तीन विकेटले पराजित गर्दै प्रतियोगितामा जित हासिल गरेको हो ।

बागमतीले प्रस्तुत गरेको ७१ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १० दशमलव दुई ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो । सुदूरपश्चिमका लागि गजेन्द्र बोहरा र वसन्त कार्कीले समान १७÷१७ रन बनाए भने नरेन साउदले १० रन बनाए । बागमतीका लागि इशान पाण्डेले तीन विकेट लिँदा रिजन ढकालले दुई तथा सोनु देवकोटाले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ७० रनको योगफल बनाएको थियो । बागमतीका लागि सोनु देवकोटाले सर्वाधिक ३५ रनको योगदान दिए । त्यस्तै रिजन ढकालले १७ रन जोड्नुबाहेक अन्य खेलालीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

सुदूरपश्चिमका लागि भोजराज भट्टले चार विकेट लिए भने हेमन्त धामीले तीन विकेट लिए । त्यस्तै शेर मल्लले दुई तथा नारायण जोशीले एक विकेट लिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ