एभर्टनद्वारा लिभरपुर पराजित



काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको छ । एभर्टनको मैदानमा गएराति भएको खेलमा घरेलु टिमले लिभरपुललाई २–० ले हरायो ।

यो हारका कारण लिभरपुलको उपाधि यात्रामा धक्का लागेको छ । उसले शीर्ष स्थानको आर्सनलसँग अंक बराबरी गर्ने मौका गुमाएको छ । यद्यपी ३४ खेलमा ७४ अंक भएको लिभरपुल तालिकाको दोस्रो स्थानमा यथावत छ ।

प्रिमियर लिग तालिकामा आर्सनल ७७ अंकसहित शीर्ष स्थानमा छ भने दुई खेल कम खेलेको म्यान्चेष्टर सिटी ७३ अंकसहित तेस्रो स्थानमा छ ।

करिब ७७ प्रतिशत बल पोसेसन बनाएको लिभरपुलले गोल भने गर्न सकेन । खेलको २७औं मिनेटमा जेरार्ड ब्रान्थह्वाइटले गोल गर्दै एभर्टनलाई आग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोलको अग्रता लिएको एभर्टनले ५८औं मिनेटमा डोमिनिक कल्भर्ट लेविनको गोलमार्फत अग्रता लम्ब्याएको थियो । लिभरपुलले खेलभरी सातवटा सट पोस्टमा प्रहार गरेपनि एभर्टनका गोलकिपरको प्रदर्शन उत्कृट रह्यो ।
प्रिमियर लिगमा आज म्यान्चेष्टर सिटी र ब्राइटनसँग प्रतिष्पर्धा गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ

दशौँ राष्ट्रिय खेलकुदको तयारीमा तीव्रता दिन खेलकुदमन्त्री श्रेष्ठको निर्देशन

  कर्णाली । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका

भलिबल खेलाडीलाई सेनाको सहयोग

  महेन्द्रनगर (कञ्चनपुर) । नेपाली सेनाले भलिबल खेलाडीहरुलाई सहयोग गरेको छ । कञ्चनपुरको