चर्च ब्वाइज भोजपुर गोल्डकपको सेमिफाइनलमा



 

टक्सार (भोजपुर) ।   भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताअन्तर्गत बुधबार भएको अन्तिम क्वाटर फाइनल खेलमा आयोजक भोजपुर जिल्ला फुटबल सङ्घलाई घरेलु मैदानमै हराउँदै चर्च व्बाइज युनाइटेड काठमाडौँ सेमिफाइनल प्रवेश गरेको छ ।

आयोजक भोजपुरको टिमलाई ३–० गोलले पराजित गर्दे चर्च व्बाइज युनाइटेडले सेमिफाइनलको यात्रा तय गरेको हो । भोजपुर नगरपालिका–७, कोदार रङ्गशालामा सञ्चालन भएको खेलमा चर्च व्बाइज युनाइटेडका तर्फबाट जर्सी नम्बर ३ का इलारा एस डिक्काले खेलको ५ औं मिनेटमा पहिलो गोल गरेका थिए ।

यसैगरी जर्सी नम्बर ७ का अबोयोमीले खेलको ११ औं मिनेटमा दोस्रो गोल र जर्सी नम्बर ११ का नवीन लामाले खेलको ७७ औं मिनेटमा तेस्रो गोल गरेका थिए । प्रतियोगिताको म्यान अफ द म्याच चर्च ब्वाइज युनाइटेड काठमाडौँका जर्सी नम्बर ११ का खेलाडी नवीन लामा भएका छन् । उनले नगद पाँच हजारका साथमा मेडल पाएका छन् ।

प्रतियोगिताअन्तर्गतको आइतबारको पहिलो खेलमा त्रिभुवन आर्मीले भारतको जर्जियन फुटबल क्लबलाई ४–० गोल गर्दै सेमीफाइनल प्रवेश गरेको छ भने सोमबारको दोस्रो खेलमा राजारानी फुटबल क्लबलाई २–१ अन्तरले हराउँदै खोटाङ भगवती स्पोर्ट्स क्लब र मङ्गलबार भएको तेस्रो खेलमा डाँगीहाट युथ क्लब मोरङलाई   ४–० गोलले पराजित गर्दै सलहेश युवा क्लब सिरहाले सेमिफाइनलको यात्रा तय गरेको थियो ।

प्रतियोगितामा ‘ए’ डिभिजनका दुई क्लबसहित जर्जियन फुटबल क्लब भारत, त्रिभुवन आर्मी क्लब, चर्च व्बाइज युनाइटेड काठमाडाँै, राजारानी फुटबल क्लब धनकुटा, डाँगीहाट युथ क्लब मोरङ, सलहेश युवा क्लब सिरहा, खोटाङ भगवती स्पोर्ट्स क्लब र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले सहभागिता जनाएका छन् ।

प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउने जिल्ला फुटबल सङ्घ भोजपुरका अध्यक्ष प्रवीण सुवालले जानकारी दिए । अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएको छ ।

बिहीबारको पहिलो सेमिफाइनल खेल त्रिभुवन आर्मी क्लब काठमाडौँ र खोटाङ भगवती स्पोर्ट्स क्लबबीचमा हुने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले जानकारी दिनुभयो । फाइनल खेल यही वैशाख १५ गते हुनेछ । करिब  ४९ लाख २५ हजार पाँच सयको लागतमा गोल्डकप आयोजना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ