वीर गणेशमान सिंह ट्वान्टी टि २० क्रिकेटमा लुम्बिनीको जित



काठमाडौँ । वीर गणेशमान सिंह ट्वान्टी टि २० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई हराउदै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ ।

मुलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई सात विकेटले पराजित गरेको हो । जितसँगै लुम्बिनीले तीन खेलमा चार अङ्क जोडेको छ । यसअघि गण्डकी प्रदेशलाई सात विकेटले पराजित गरेको लुम्बिनीले मधेससँग २७ रनले पराजित भएको थियो ।

कर्णालीले प्रस्तुत गरेको ८२ रनको सामान्य लक्ष्य लुम्बिनीले १२ दशमलव दुई ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । लुम्बिनीका लागि कप्तान देव खेनालले २९ बलमा सात चौका र एक छक्काको मद्दतले अविजित ५१ रन बनाए । यसैगरी मृर्नाल गुरुङले १३ रन जोडदा विराट भण्डारीले अविजित १० रन बनाए । कर्णालीका लागि कप्तान दिवान पुनले दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको कर्णालीले १६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ८१ रनको योगफल बनाएको थियो । उसका लागि अर्जुन घर्तीले सर्वाधिक २८ रनको योगादन दिए भने दिवान पुनले १२ तथा दीपेन्द्र रावलले ११ रन बनाए ।

कर्णालीलाई सस्तैमा समेट्नेक्रममा लुम्बिनीका देव खनाल अविशेक गौतम र वीर मगरले समान दुई–दुई विकेट लिए भने निर्मल गुरुङ, कृष्ण कार्की र नर सार्कीले समान एक–एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सन्दीपलाई विश्वकपमा सहभागी हुन पठाउने प्रक्रिया सुरु

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन

सशस्त्र प्रहरीका ४५ प्रशिक्षार्थी अधिकृतद्वारा कुश्मामा बञ्जीजम्प

  काठमाडौँ । सशस्त्र प्रहरीका ४५ जना प्रशिक्षार्थी अधिकृतले कुश्माको द क्लिफमा बञ्जी

बैजनाथ माध्यमिक विद्यालयले महेन्द्रनगरमा क्रिकेट खेल मैदान बनाउदै

कञ्चनपुर । कञ्चनपुरमा राष्ट्रियस्तरको क्रिकेट खेल मैदान निर्माण सुरु गरिएको छ। महेन्द्रनगरस्थित बैजनाथ

राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप

  काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मिसन–२०२६ अन्तर्गत दोस्रो चरणमा राष्ट्रिय टोली