बार्सिलोनासँग पिएसजी पराजित



काठमाडौं । युइएफए च्याम्पिन्यस लिगको क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोना विजयी भएको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी)लाई पहिलो लेगमा ३–२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनालाई जिताउन राफिन्हाले २ गोल गर्दा आन्द्रेज क्रिस्टियनसेनले एक गोल थपेका थिए । पीएसजीका लागि ओसमन डेम्बेले र भिटिन्हाले एक एक गोल फर्काए ।

३७ औं मिनेटमा बार्सिलोनाले अग्रता लिएको थियो । उसका लागि राफिन्हाले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलले पछि परेको पीएसजीले दोस्रो हाफको सुरुमै २ गोल थप्दै अग्रता लिएको थियो ।

४८ औं मिनेटमा ओस्मन डेम्बेलेले गोल गर्दै पीएसजीलाई खेलमा फर्काएका थिए । ५० औं मिनेटमा फावियन रुइजको पासमा भिटिन्हाले गोल गरेपछि घरेलु मैदानमा पीएसजीले २–१ को अग्रता लिएको थियो ।

त्यो अग्रता १२ मिनेटमात्रै टिक्यो । ६२ औं मिनेटमा बार्सिलोनाका लागि राफिन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए । ७७ औं मिनेटमा क्रिस्टियनसेनले गुन्डोगनको पासमा गोल गरेपछि बार्सिलोनाले अन्ततः ३–२ को जित निकाल्न सफल भयो । अब दोस्रो लेगको खेल १७ अप्रिलमा बार्सिलोनाको मैदानमा हुने छ ।

च्याम्पियन्स लिगकै क्वाटरफाइनल अन्तर्गतको पहिलो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडले बोरुसिया डर्टमुन्डलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भलिबल खेलाडीलाई सेनाको सहयोग

  महेन्द्रनगर (कञ्चनपुर) । नेपाली सेनाले भलिबल खेलाडीहरुलाई सहयोग गरेको छ । कञ्चनपुरको

बागमतीलाई पराजित गर्दै सुदूरपश्चिम ललितपुर मेयरकप क्रिकेटको फाइनलमा

काठमाडौँ । सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा

अभ्यास खेलमा नेपालको दोस्रो जित

काठमाडौं । अभ्यास खेलमा नेपाली क्रिकेट टिम ४९ रनले विजयी भएको छ ।

सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टोलीको बिदाइ

काठमाडौ । मलेसियाको क्वालालम्पुरमा हुने सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको