पेरिस ओलम्पिकमा नयाँ टिकट जारी



 

खेल प्रशंसकहरूले आगामी साता पेरिस ओलम्पिकका लागि टिकट खरिद गर्नका लागि नयाँ मौका पाउने भएका छन् । मुख्य आयोजक टोनी एस्टान्गुएटले अर्को दुई लाख ५० हजार थान टिकट जारी गर्ने बताए ।

“आगामी साता अप्रिल १७ को बिहान १० बजे हामी सबै खेल, सबै मूल्य श्रेणी र सबै प्रतियोगिता स्थलका लागि दुई लाख ५० हजार नयाँ टिकट बिक्रीका लागि राख्नेछौँ”, उनले भने ।

यसअघिको टिकट जारीका क्रममा उच्च मूल्यको आलोचना भएपछि उनले तीमध्ये आधालाई एक सय युरो (एक सय आठ अमेरिकी डलर) भन्दा कममा बिक्री गरिने बताए।

जिम्नास्टिकका लागि कूल १० हजार टिकट उपलब्ध गराइने छ । पौडीका लागि १५ हजार, टेनिसका लागि १२ हजार र बिच भलिबलका लागि ३५ हजार टिकट जारी गरिने छ । यी खेलहरू एफिल टावर अगाडिको अस्थायी रङ्गशालामा खेलाइने छ ।

अधिकांश टिकट समग्रमा ७९ लाख टिकट पहिला नै बिक्री भइसकेकाले एस्टान्गुएटले चेतावनी दिँदै भने, “तपाईं छिटो हुनुपर्छ ।” आयोजक समितिका अनुसार यसअघिका खरिदकर्ताहरूमा दुई तिहाई फ्रान्सेली थिए तर एक सय ५० विभिन्न मुलुकका मानिसले पनि टिकट सुरक्षित गरेका छन् ।

पेरिस ओलम्पिक जुलाई २६ देखि अगस्ट ११ सम्म सञ्चालन हुनेछ । यसपछि अगस्ट २८ देखि सेप्टेम्बर ८ सम्म पाराओलम्पिक हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप

  काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मिसन–२०२६ अन्तर्गत दोस्रो चरणमा राष्ट्रिय टोली

पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई

ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सवअन्तर्गत सोमबार भएको पाथीभरा म्याराथन दौडमा त्रिभुवन आर्मी क्लबका

सिटीलाई इंग्लिस प्रिमियर लिगको उपाधि

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । प्रिमियर

राजन र सुमित्रा वन रन अन्तर्राष्ट्रिय हाफ म्याराथनमा पहिलो

काठमाडौँ । अन्तर्राष्ट्रिय हाफ म्याराथनको उपाधि पुरुषतर्फ राजन रोकाया र महिलातर्फ सुमित्रा चौधरीले