रियल र सिटीबीचको खेल बराबरी



काठमाडौं । युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिड र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् । मंगलबार राति मड्रिडको मैदानमा भएको खेलमा दुवै टिमले तीन तीन गोलको रोमाञ्चक बराबरी खेलेका हुन् ।

घरेलु टोली रियलका लागि रोड्रीगो र फेदेरिको भल्भेर्डेले एक एक गोल गरे । पाहुना टोलीले एक गोल उपहार दिएको थियो । सिटीका लागि बर्नान्डो सिल्भा, फिल फोडेन र जोको गाभार्डिओलले एक एक गोल गरे ।

सिटीका लागि बर्नान्डो सिल्भाले दोस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । तर, १२ औं मिनेटमा सिटीकै रुवेन डियासले आत्मघाति गोल गरेपछि रियलले खेल बराबरीमा ल्याएको थियो ।

१४ औं मिनेटमा भिनिसियस जुनियरको पासटमा रोड्रिगोले गोल गरेपछि रियलले २–१ को अग्रता बनायो । पहिलो हाफ २–१ को अग्रता बनाएको रियलले दोस्रो हाफ भने जोगाउन असफल भयो । ६६ औं मिनेटमा फिल फोडेनले जोन स्टोन्सको पासमा गोल गर्दै सिटीले २–२ को बराबरीमा खेल ल्यायो ।

७१ औं मिनेटमा सिटीका लागि ज्याक ग्रिलिसको पासमा जोको गाभार्डिओलले गोल गरेपछि ३–२ ले अघि बढेको थियो । तर, ७९ औं मिनेटमा भिनिसियसको पासमा भल्भेर्डेले गोल गर्दै पहिलो लेग ३–३ को अवस्थामा टुंग्याएका थिए । अब दोस्रो लेग १८ अप्रिलमा म्यानचेस्टर सिटीको मैदानमा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दशौँ राष्ट्रिय खेलकुदको तयारीमा तीव्रता दिन खेलकुदमन्त्री श्रेष्ठको निर्देशन

  कर्णाली । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका

भलिबल खेलाडीलाई सेनाको सहयोग

  महेन्द्रनगर (कञ्चनपुर) । नेपाली सेनाले भलिबल खेलाडीहरुलाई सहयोग गरेको छ । कञ्चनपुरको

बागमतीलाई पराजित गर्दै सुदूरपश्चिम ललितपुर मेयरकप क्रिकेटको फाइनलमा

काठमाडौँ । सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा

अभ्यास खेलमा नेपालको दोस्रो जित

काठमाडौं । अभ्यास खेलमा नेपाली क्रिकेट टिम ४९ रनले विजयी भएको छ ।