रोड्रिक ओर्भिल क्रिकेट टिमको बलिङ प्रशिक्षक नियुक्त



काठमाडौं । टी–२० विश्वकपअघि वेस्ट इन्डिजका रोड्रिक ओर्भिल एस्टविक नेपाली राष्ट्रिय क्रिकेट टिमको बलिङ सल्लाहकार प्रशिक्षकमा नियुक्त भएका छन् ।

आइतबार नेपाल क्रिकेट संघ (क्यान) ले एस्टविकलाई बलिङ सल्हाहकार प्रशिक्षक नियुक्त गरिएको जनाएको हो । एस्टविकसँग करिब आठ वर्षभन्दा लामो समय वेस्ट इन्डिजको सियिनर टिमसँग सहकार्य गरिसकेका छन् । ६२ वर्षीय एस्टविकले ४२ लिस्ट ‘ए’ क्रिकेट खेलेका छन् ।

उनले लिस्ट ‘ए’ मा ४३ विकेट लिँदा १०० रन बनाएका छन् । आगामी जुनमा हुने टी–२० विश्वकपमा नेपाल पनि छनोट भएको छ । विश्वकपअघि नेपालले एसिया कपको छनोट प्रतियोगिताको रूपमा रहेको एसीसी प्रिमियर कप खेल्नेछ । प्रिमियर कप ओमान हुने तालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप

  काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मिसन–२०२६ अन्तर्गत दोस्रो चरणमा राष्ट्रिय टोली

पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई

ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सवअन्तर्गत सोमबार भएको पाथीभरा म्याराथन दौडमा त्रिभुवन आर्मी क्लबका

सिटीलाई इंग्लिस प्रिमियर लिगको उपाधि

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । प्रिमियर

राजन र सुमित्रा वन रन अन्तर्राष्ट्रिय हाफ म्याराथनमा पहिलो

काठमाडौँ । अन्तर्राष्ट्रिय हाफ म्याराथनको उपाधि पुरुषतर्फ राजन रोकाया र महिलातर्फ सुमित्रा चौधरीले