पेरिस ओलम्पिकमा तीनदेखि पाँच अर्ब युरो खर्च हुने



 

सन् २०२४ मा हुने पेरिस ओलम्पिकमा सरकारले तीनदेखि पाँच अर्ब युरो खर्च गर्ने अपेक्षा गरिएको फ्रान्सेली राष्ट्रिय लेखा परीक्षकले बताएका  छन् ।

“हामीलाई अझैपनि ओलम्पिकको लागत थाहा छैन ।यसमा तीन, चार वा पाँच अर्ब युरो खर्च हुनेछ”, अडिटिङ निकायका प्रमुख पियरे मोस्कोभिचीले फ्रान्स इन्टर रेडियोलाई भने ।

सन् २०१७ मा सहर छनोट गर्दा ६ अर्ब ६० करोड यूरो बजेट छुट्याइएको थियो । हाल निजी र सार्वजनिक लागतसहित पेरिस ओलम्पिकको लागत करिब नौ अर्ब यूरो पुग्ने अनुमान गरिएको हो ।

सन् २०२० मा अक्सफोर्ड विश्वविद्यालयका शिक्षाविद्हरूले गरेको अध्ययनमा सन् १९६० यताका हरेक ग्रीष्मकालीन ओलम्पिकको खर्च बजेटभन्दा बढी भएको निष्कर्ष निस्केको थियो । सन् १९७६ मा मन्ट्रियल र सन् २०१६ मा रियो डे जेनेरियो ओलम्पिकमा भएको अत्यधिक खर्चका कारण ऋणमा डुबेका थिए ।

पेरिस आयोजकहरूले लागत कम गर्न आवश्यकताको ९५ प्रतिशत विद्यमान खेलकुद पूर्वाधार तथा सामग्रीहरूको प्रयोग गर्ने प्रतिज्ञा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहिद भीमनारायण गोल्डकपको उपाधि युनाइटेड झापालाई

धनकुटा । सहिद भीमनारायण गोल्डकपको १६औँ संस्करणको उपाधि बिर्तामोड युनाइटेड क्लब झापाले जितेको

अन्तरपालिका स्तरीय महिला भलिबलको उपाधि सुन्दरहरैँचालाई

  सुन्दरहरैँचा (मोरङ) । मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल

ललितपुर वुमन्स च्याम्पियन्ससिपमा ललितपुर –११को विजयी सुरुवात

काठमाडौं । ललितपुर वुमन्स च्याम्पियन्ससिप टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको

सेनाका रावल र एपीएफकी भण्डारीलाई कर्णाली हाफ म्याराथनको उपाधि

कर्णाली । प्रथम ज्ञान कर्णाली हाफ म्याराथनको उपाधि नेपाली सेनाका नरेन्द्र रावल र