आईपीएलमा गुजरातको विजयी सुरुवात



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा गुजरातले मुम्बई इन्डियन्सलाई ६ रनले पराजित गरेको हो ।

गुजरातले दिएको १६९ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६२ रन मात्र बनाउँन सक्यो । मुम्बईका लागि डिवाल्ड ब्रेभिसले ३८ बलमा २ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ४६ रन बनाए । ओपनर रोहित शर्माले २९ बलमा ७ चौका र १ छक्काको सहयोगमा ४३ रन बनाए पनि मुम्बइको हार टरेन ।

यसै खेलमा आईपीएल डेब्यु गरेका अज्मतुल्लाह उमरजाइले पहिलो ओभरमा नै मुम्बईका ओपनर इशान किशनलाई आउट गराएका थिए । दोस्रो विकेटका लागि शर्मा र नमन धिरले ३० रनको साझेदारी गरे । नमनले १९ बलमा ३ चौका र १ छक्काको सहयोगमा २० रन बनाए। तेस्रो विकेटका लागि शर्मा र ब्रेभिसले ७७ रनको साझेदारी गर्दै टोलीलाई बलियो स्थितीमा पुर्याएका थिए ।

तिलक बर्माले १९ बलमा १ चौका र १ छक्काको सहयोगमा २५ रन बनाए । गुजरातका लागि उमेश यादव, मोहित शर्मा, स्पेसर जोनसन र अज्मतुल्लाह उमरजाइले समान २÷२ तथा साई किशोर १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । गुजरातका लागि साई सुदर्शनले ३९ बलमा ३ चौका र १ छक्काको सहयोगमा ४५ रनको ईनिङ खेले। यसै खेलबाट पहिलो पटक टोलीको कप्तानी गरिरहेका शुभमन गिलले २२ बलमा ३ चौका र १ छक्काको सहयोगमा ३१ रन बनाए ।

राहुल तिवातियाले १५ बलमा २ चौका र १ छक्काको सहयोगमा २२ रन बनाए। ओपनर रिद्धिमान शाहले १५ ओभरमा ४ चौकाको सहयोगमा १९ रन बनाए । अज्मतुल्लाह उमरजाईले ११ बलमा १ चौका र १ छक्काको सहयोगमा १७ रन बनाए । मुम्बईका लागि जसप्रित बुमराहले ३ तथा जेरार्ड कोट्जेले २ विकेट लिए । पियुष चावलाले १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फ्रान्सभर ओलम्पिक ज्वालाको यात्रा सुरु

  स्वागत समारोहका लागि भव्य थ्रि–मास्ट जहाजमा आइपुगेको एक दिनपछि मसालवाहकहरूले फ्रान्सको दक्षिणी

खेलकुदको बजेट बढाउन खेलकुदमन्त्री श्रेष्ठको माग

  काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुदका क्षेत्रमा पूर्वाधार विकास र

३० लाखको लागतमा बिपी मैदानमा प्यारापिट निर्माण

तनहुँ । तनहुँको व्यास नगरपालिका–३ बिपी वनबाटिका खेलमैदानमा ‘इलेभेन ए साइड’ खेलमैदानमा दुई

खेल पर्यटन प्रवद्र्धन गर्न सोलुमा अन्तर्राष्ट्रिय ‘रक क्लाइमिङ’ प्रतियोगिता हुने

काठमाडौँ । खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउनका लागि सोलुखुम्बु जिल्लाको माप्य