आयरल्याण्डसँग खेल्ने नेपाली टोलीको घोषणा



काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आयरल्यान्ड ‘ए’ सँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा गरेको छ । क्यानले आइतबार विनोद भण्डारीको कप्तानीमा टी-२० र एक दिवसीय शृंखला खेल्ने दुई फरक टोलीको घोषणा गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने शृंखलामा सिनियर टोलीले आयरल्यान्ड ‘ए’ सँग चैत १२ र १३ गते टी २० खेल खेल्ने छ। त्यसपछि यो टोली भारतमा गएर खेल्ने छ। भारतमा सिनियर टोलीले बरोडा र गुजरातसँग चार टी-२० खेल खेल्ने छ ।

सिनियर टोलीले भारतमा खेलिरहँदा नेपाल ‘ए’ ले आयरल्यान्डसँग १५, १६ र १८ गते तीन खेलको एक दिवसीय खेल खेल्ने छ। त्यसपछि टी २० शृंखला हुने छ। पहिलो खेल चैत २१ मा हुने छ। दोस्रो खेल चैत २३ र अन्तिम खेल २५ गते हुने छ ।

टी-२० टोलीमा विनोदसँगै लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, राशिद खान रहेका छन् ।

यस्तै, सागर ढकाल, विपिन खत्री, कमलसिंह ऐरी, हेमन्त धमी र विकाश आग्री पनि टी-२० टोलीमा हुने छन्। एक दिवसीय टोलीमा विनोद, देव, आरिफ, बसिर, कमल र विकाश दोहोरिने छन्। उनीहरूबाहेक अर्जुन कुमाल, नरेन भट्ट, भीम सार्की, साहब आलम, रञ्जित कुमार, रुपेश सिंह, रिजन ढकाल र मौसम ढकाल श्याम रहने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइपीएलमा बेंग्लुरुको फराकिलो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लुरुले फराकिलो जित निकालेको

फ्रान्सभर ओलम्पिक ज्वालाको यात्रा सुरु

  स्वागत समारोहका लागि भव्य थ्रि–मास्ट जहाजमा आइपुगेको एक दिनपछि मसालवाहकहरूले फ्रान्सको दक्षिणी

खेलकुदको बजेट बढाउन खेलकुदमन्त्री श्रेष्ठको माग

  काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुदका क्षेत्रमा पूर्वाधार विकास र

३० लाखको लागतमा बिपी मैदानमा प्यारापिट निर्माण

तनहुँ । तनहुँको व्यास नगरपालिका–३ बिपी वनबाटिका खेलमैदानमा ‘इलेभेन ए साइड’ खेलमैदानमा दुई